Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करणमाथि हुन गएको आघातप्रति वितरक कायस्थको दुःख व्यक्त

फिल्मीखबर, काठमाण्डौ, 2019/12/30
 
शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ को सेयरलाई लिएर काठमाडौंका वितरकद्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबीच भएको विवाद अझै साम्य भएको छैन । वितरक कायस्थले काठमाडौंका प्रायः सबै हलबाट करणले आफूलाई जानकारी नै नगराइ सेयर उठाएको भन्दै नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदलमा बिहीबार निवेदन दिएका थिए । 
 
उक्त निवेदनको तस्विर सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै उनले अर्का वितरक करणलाई ट्याग समेत गरेका थिए । तर, उनले केही घण्टामा नै पोस्ट डिलिट गरे । वितरक कायस्थले फिल्मको सेयर रोक्का गर्न भन्दै संघमा दिएको निवेदनको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेर आफ्नो मानहानी गर्ने प्रयास भएको भन्दै वितरक करण श्रेष्ठ आक्रोशित भएका थिए । 
 
यसबीच, वितरक कायस्थले संघमा पुनः निवेदन दिँदै निवेदनको तस्विर सामाजिक सञ्जालमा भुलबस पोस्ट भएको भन्दै वितरक करणमाथि हुन गएको आघातप्रति दुःख व्यक्त गरेका छन् । ‘सेयर रकम उठाइएको बारे संयुक्त कार्यदलमा दिएको निवेदन उपर मैले भुलबस सामाजिक सञ्जालमा पोस्ट गरेको विषयलाई लिएर करण श्रेष्ठमाथि हुन गएको आघातप्रति म दुःखी छु,’ कायस्थको निवेदनमा उल्लेख छ । 
 

उक्त निवेदनको तस्विर सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै वितरक करण श्रेष्ठले कायस्थलाई धन्यवाद भनेका छन् । तर, वितरक कायस्थले माफी मागेको निवेदनमा फिल्मको सेयरलाई लिएर उत्पन्न असमझदारी भने टुंगिएको उल्लेख गरिएको छैन । विके फिल्मस् र रिच इन्टरटेन्मेन्टले फिल्म ‘पोइ पर्‍यो काले’ को काठमाडौं वितरण अधिकार लिएको थियो । 
Most Visited News (monthly)