Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9097 - 9102 of 24024
एजेन्सी, मुम्बई, 2019-11-07, बिहिवार

बलिउड सुपरस्टार अक्षय कुमार र वासु भगनानीबीच एकपटक फेरि सहकार्य हुने भएको छ । यो फिल्मका लागि उनले पारिश्रमिक स्वरुप सय करोड मागेको चर्चा छ । अक्षय, वासु र एमी इन्टरटेन्मेन्टका निखिल आडवाणीबीच यो प्रोजेक्टमा टाइअप हुन लागेको हो । रञ्जीत तिवारीले फिल्मको निर्देशन गर्नेछन् । यसअघि उनले फिल्म ‘लखनऊ सेन्ट्रल’ को निर्देशन गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2019-11-07, बिहिवार

यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । कात्तिक २२ गतेबाट फ्लोरमा निस्कन लागेको फिल्मको टिजर पोस्टरमा चकलेटी ब्वाई प्रदीप खड्का फिचर्ड छन् । उनलाई योद्धा अवतारमा देख्न सकिन्छ । घोडामा सवार उनको अनुहार रगतले लतपतिएको छ । उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्ने देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2019-11-06, बुधवार

अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘घामड शेरे’ ले अहिले तनावै तनावको सामना गर्नुपरेको छ । मल्टीप्लेक्समा कम सोज पाएपछि कात्तिक ८ बाट हुत्तिएर दुई हप्ता पछाडि (कात्तिक २२) धकेलिएको यो फिल्म यतिबेला विवादमा तानिएको छ । फिल्ममा निश्चलले निर्वाहा गरेको पात्र (शेरे) को नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडेर सामाजिक सञ्जालमा ट्रोल बनेपछि फिल्म विवादमा झेलिरहेको हो । 

फिल्मीखबर, काठमाडौं, 2019-11-06, बुधवार

केही वर्षयता वर्षमा सयको आसपासमा नेपाली फिल्म निर्माण र प्रदर्शन हुने गरेका छन् । जसमध्ये आधा दर्जन फिल्मले मुश्किलले लगानी उठाउँछन् । बक्सअफिसमा सुपरहिटको व्यापार गर्ने फिल्मको संख्या भने ३ देखि ४ वटा मात्र हुन्छ । यस वर्षको अर्धवार्षिकीसम्म ५० बढी फिल्म प्रदर्शन भइसकेका छन् । तर, अहिलेसम्म ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ ले मात्र नाफाको व्यापार गरे । 

एजेन्सी, मुम्बई, 2019-11-06, बुधवार
सन् १९९४ मा आएको सलमान खान र आमिर खान स्टारर फिल्म ‘अन्दाज अपना अपना’ त्यसबेलाको सुपरहिट फिल्ममा सामेल थियो । राजकुमार सन्तोषी निर्देशित यस फिल्मलाई दर्शकले निकै रुचाएका थिए । सोमबार फिल्मले २५ वर्ष पूरा गरेको छ । यो मौकामा फिल्मकी लिड एक्ट्रेस रवीना टण्डनले केही आश्चर्यजनक खुलासा गरेकी छन् ।
फिल्मीखबर, काठमाडौं, 2019-11-06, बुधवार
चाड पर्वको विदामा नेपाली फिल्मबीच ठूलो भिडन्त हुने गरेको छ । विदामा आउँदा लगानी उठाउन सहज हुने भएकाले मेकरहरुले फिल्म प्रदर्शनका लागि चाड पर्व रोज्ने गरेका छन् । विशेषगरि, दशैं, तिहार र नयाँ वर्षमा फिल्म प्रदर्शन गर्न निर्माताबीच हानाथाप हुने गर्दछ । शिवरात्री पनि फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ । हरेक वर्षको शिवरात्रीमा नेपाली फिल्मबीच घमासान भिडन्तको श्रृंखला टुटेको छैन । 
Results : 9097 - 9102 of 24024
Most Visited News (monthly)