Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ डायरीज’ गीत : ‘ट्वीन्स गर्ल’ को छमछम, कमलाको दोहोरी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/12/30
 
आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरीज’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘छम छम’ बोलको गीतमा फिल्मका प्रमुख अभिनेता सुशील र नव-अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले ठुम्का लगाएका छन् । 
 
अहिलेका चर्चित संगीतकारमध्ये एक अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर छ । गीतको अन्तिममा चर्चित बाल गायिका कमला घिमिरेले गाएको लोकदोहोरीको केही अंश पनि समावेश गरिएको छ । भने, भिडियोमा उनलाई फिल्मका अभिनेता सुशीलसँग दोहोरी खेल्दै गरेको देख्न सकिन्छ । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् । 
 
निर्देशक चौधरीले धेरै दर्शकमाझ फिल्मको जानकारी पुर्‍याउन गीतमा ‘ट्वीन्स गर्ल’ र कमला घिमिरेको प्रस्तुती राखिएको बताए । गीतमा जोडिएको कमलाको दोहोरी अस्वभाविक लाग्छ । के यो आवश्यक थियो ? पत्रकारको प्रश्नमा निर्देशक चौधरीले भने- ‘कमला बहिनीको दोहोरी फिल्मको कथाअनुसार मिलाइएको छ । फिल्म हेर्दा दर्शकलाई उनको प्रस्तुती रमाइलो लाग्नसक्छ ।’
 
फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । युवा-युवतीबीचको माया-प्रेमलाई फिल्ममा समावेश गरिएको निर्देशक चौधरी बताउँछन् । फिल्ममा साहिल खान/मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । यो फिल्ममा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।
 
गीत सार्वजनिक कार्यक्रममा उपस्थित भएका ‘ट्वीन्स गर्ल’ प्रिष्मा र प्रिन्सी पहिलो पटक फिल्मको गीतमा नृत्य गर्न पाउँदा खुसी लागेको बताउँछन् । तीन दिनसम्म छायांकन भएको यो गीतमा नाच्नका लागि निकै मेहेनत गरेको सम्झँदै यी दुईले भिडियो हेरेपछि गीतमा नृत्य गर्दाको सबै दुःख विर्सिएको बताए । संगीतकार पोखरेल पनि गीतअनुसार भिडियो बनेकोमा खुसी देखिएका थिए ।  
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)