
एक समय बलिउडमा अभिनेता गोविन्दाको रजगज थियो । उनको अभिनय र नृत्यको करोडौं प्रशंसक छन् । अनगिन्ती ब्लकबस्टर फिल्म दिएका उनी आफ्नो समयका 'नम्बर वान' अभिनेता थिए । तर, अहिले समय परिवर्तन भएको छ । दशक अगाडिसम्म एकै सेड्युलमा आधा दर्जनको आसपासमा फिल्मको छायांकनमा व्यस्त हुने उनी आजभोली फुर्सदिला छन् । उनी स्वयं आफूलाई फिल्मबाट अफर आउन छाडेको बताउँछन् ।


अर्जुन कपूर, सञ्जय दत्त, कृति सेनन स्टारर फिल्म ‘पानीपत’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । आशुतोष गोवारिकरले निर्देशन गरेको फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देख्न पाइन्छ । ट्रेलरमा अर्जुन र कृतिको केमेस्ट्री पनि देखाइएको छ । दमदार डाइलगले भरिएको ट्रेलरमा सञ्जय दत्तलाई खतरनाक अवतारमा देख्न सकिन्छ । फिल्ममा उनी नेगेटिभ रोलमा छन् ।

र्यापर समिर घिसिङ ‘भिटेन’ युवा पुस्तामाझ निकै चर्चित छन् । ‘गरिब’ गीतबाट आफ्नो र्याप यात्रा थालेका उनको फ्यान फलोइंग अहिलेका चल्तीका कुनै अभिनेताको भन्दा कम छैन । अरूभन्दा फरक गायन शैलीका भिटेनका प्रशंसकसँगै आलोचक पनि उत्तिकै छन् । ‘हामी यस्तै त होनी ब्रो’ गीतमा अश्लील शब्द प्रयोग गरेको भन्दै उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता स्वरुप पुरुष ढकालको डेब्यू फिल्म हो, ‘सुस्केरा’ । यो फिल्मको निर्माण भएको तीन वर्ष अगाडि नै हो । तर, विभिन्न कारणले प्रदर्शनमा आउन सकेन । साम्तेन भुटिया निर्देशित फिल्म अब भने प्रदर्शनका लागि तयार भएको छ । निर्माण टिम र वितरकबीच फिल्मलाई आउँदो पौष १८ गतेबाट फिल्म प्रदर्शनमा आउने सहमति भएको छ ।

पहिलो पटक निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अनस्क्रिन रोमान्स गरेको फिल्म हो, ‘घामड शेरे’ । यसअघि दुईले फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतमा ठुम्का लगाएका थिए । तर, यो फिल्ममा स्वस्तिमाको अभिनय थिएन । धेरै मेकरले यी दुईलाई लिएर फिल्म बनाउने प्रयास नगरेका होइनन् । तर, कोही सफल भएनन । निर्देशक हेमराज विसी भने रियल जोडीलाई पर्दामा उतार्न सफल भएका छन् ।

