Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8965 - 8970 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-12-04, बुधवार

अभिनय कलामा निपुण मानिने अभिनेता दयाहाङ राईले निर्माण गरेको फिल्म ‘माछा माछा’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्म निर्माणमा उनलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले सघाएका छन् । सुनिल गुरुङको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ केन्द्रिय भूमिकामा छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-04, बुधवार

त्यहाँ उनले फिल्म ‘गोपी’ बाट सह-अभिनेत्रीको अवार्ड जितिन् । तर, अवार्ड कार्यक्रममा दुई दर्जन दर्शक पनि उपस्थित थिइन् । दर्शकभन्दा नेपालबाट गएका अतिथी धेरै थिए । लिने र दिने मात्र भएको कार्यक्रममा वर्षाले खाली कुर्सीलाई साक्षी राखेर गर्वका साथ सुपरफ्लप फिल्मबाट पाएको अवार्ड उचालिन् । ‘गोपी’ मा उनको अभिनयको प्रशंसा भएको थिएन, तर अवार्ड पाइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-04, बुधवार

अभिनेता सविन श्रेष्ठले आफ्नो राम्रो माग भएको बेला संख्यात्मक रुपमा बग्रेल्ती फिल्म गरे । जुन फिल्म अहिले भकाभक प्रदर्शन भैरहेका छन् । तर, कुनैले बक्सअफिसमा कमाल देखाउन सकेका छैनन् । यसबीच, उनी अभिनीत नयाँ फिल्म ‘सूर्य किरण’ यही मंसिर २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । 

एजेन्सी, मुम्बई, 2019-12-04, बुधवार

निकै प्रोमिसिङ अभिनेता हुन्, अक्षय कुमार । उनी आफ्नो फिल्मका लागि कडा मेहनत गर्छन् । त्यो पर्दामा पनि देखिन्छ । उनले प्रायः नयाँ निर्देशनसँग काम गर्ने गरेका छन् । उनले यसको कारण खुलाएका छन् । प्रदर्शनको पखाईमा रहेको फिल्म ‘गुड न्यूज’ को एक कार्यक्रममा उनले भने, ‘ठूला निर्देशक मलाई आफ्नो फिल्ममा लिँदैनन् । त्यसैले नयाँ निर्देशकसँग काम गर्छु ।’

फिल्मीखबर, काठमाडौं, 2019-12-04, बुधवार

विशाल सापकोटा निर्देशित फिल्म ‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक गरिएको फस्टलुक पोस्टरले सकारात्मक प्रतिक्रिया बटुलेपछि निर्माण टिमले फिल्मको टिजर इन्टरनेट रिलिज गरेको हो । यसमा सफलताको उत्कर्षमा रहँदा एउटा कलाकारको रवाफ र आउटडेटेड भइसकेपछिको अवस्थालाई चित्रण गरिएको छ ।

फिल्मीखबर, क्यालिफोर्निया, 2019-12-03, मंगलवार

फिल्म क्षेत्रका चर्चित कलाकारहरूको उपस्थितीमा सम्पन्न अवार्ड समारोहमा 'चलचित्र शिरोमनी लाइफटाइम अवार्ड'बाट बरिष्ठ फिल्मकर्मी नीर शाहलाई सम्मानित गरिएको थियो।

Results : 8965 - 8970 of 24024
Most Visited News (monthly)