Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8983 - 8988 of 23761
फिल्मीखबर, काठमाण्डौ, 2019-09-25, बुधवार

अभिनेता राजेश हमालसँग दुरुस्त अनुहार मिल्ने अभिनेता शितल केसी स्टारर फिल्म ‘सम्हाली राख है’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरकसँगको लामो छलफलपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति आउँदो कात्तिक २९ गतेलाई तय गरेको छ । यो मितिमा यसअघि नै 'माछा माछा' र 'मिस्टर नेपाली' छन् । 

फिल्मीखबर, काठमाडौं, 2019-09-25, बुधवार

नेपाली फिल्मले ५ दशक लामो यात्रा पार गरिसकेको छ । यो बीचमा थुप्रै अभिनेत्रीको जन्म भयो । कति आफूलाई जोगाउन नसकेर पलायन भए । भने, केहीले एकसेएक हिट फिल्म दिएर नेपाली फिल्ममा बलियो साम्राज्य बनाए । एक जमाना करिश्मा मानन्धर, जल शाह, निरुता सिंह, विपना थापा, रेखा थापाले नेपाली फिल्ममा एकछत्र राज गरेका थिए । उनीहरुको अनुहार पोस्टरमा राखेको भरमा फिल्मले गजबको व्यापार गर्थे । तर, अहिले समय फेरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-25, बुधवार

बलिउडका हिट मेशिन मानिने अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘हाउसफुल ४’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा देखिए अनुसार, फिल्ममा उनी डबल रोलमा देखिनेछन् । ट्विटरमा पोस्टर साझेदार गर्दै अक्षयले लेखेका छन्, ‘मिल्नुस् १४१९ का राजकुमार बाला र २०१९ का लण्डन रिटर्न ह्यारीसँग । कन्फ्यूजन र म्याडनेसको धमाका ।’ 

फिल्मीखबर, काठमाडौं, 2019-09-25, बुधवार

वर्तमान परिपेक्षमा नेपाली फिल्ममा सर्वाधिक बढी खोजिने र चासो दिइने अभिनेता हुन्, अनमोल केसी । करिअरको छोटो अवधिमै एकसेएक ब्लकबस्टर फिल्म दिएका उनलाई अहिलेका ‘नम्बर वान नायक’ समेत भन्ने गरिन्छ । उनको नामले नै फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्ने विश्वास मेकरमा छ । त्यसैले त उनले मागे जति पारिश्रमिक दिन फिल्म निर्माता सहर्ष तयार हुन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-09-25, बुधवार
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘रातो टिका निधारमा’ टिमले सामाजिक कार्य गर्दै सकारात्मक सन्देश प्रवाह गरेको छ । प्रायः फिल्म रिलिजको संघारमा रहँदा निर्माण टिमले प्रचार-प्रसारलाई विशेष प्राथमिकता दिने गर्दछ । कमै फिल्मले त्यसबेला समाज सेवा गर्ने गरेका छन् । उक्त फिल्मले भने प्रचार-प्रचारसँगै सामाजिक कार्य पनि एकसाथ गरेको छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-09-24, मंगलवार

विकासराज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल २’ मा समावेश चर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ ले गायक प्रेम परियारलाई नसोचेको लोकप्रियता दिलायो । यो गीतपछि उनको लोकप्रियता ‘क्यास’ गर्न फिल्मका निर्माताबीच ठूलो घम्साघम्सी भयो । तर, विस्तारै स्वरमा परिवर्तन आउन थालेपछि उनी स्वयंले गीत गाउन कम गरे । केही समयदेखि उनले गीत गाएका छैनन् । 

Results : 8983 - 8988 of 23761
Most Visited News (monthly)