Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8947 - 8952 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-12-08, आईतवार

कुनै जमाना नेपाली फिल्ममा राज गरेकी अभिनेत्री रेखा थापा अहिले अभिनयसँगै राजनीतिमा पनि सक्रिय छिन् । उनी पछिल्लो पटक फिल्म ‘मालिका’ मा देखिएकी थिइन् । महिला सशक्तिकरणको मुद्धामा फिल्म निर्माण गर्दै आइरहेकी उनी अहिले नयाँ फिल्मको तयारीमा छिन् । नाम घोषणा नगरिएको फिल्मको क्याप्टेनसिप रेखाले निर्देशक रेनशा वान्तवा राईलाई सुम्पिएकी छन् ।

एजेन्सी, मुम्बई, 2019-12-08, आईतवार

मेगा बजेट फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पछि अभिनेता आमिर खान पर्दामा देखिएका छैनन् । यद्यपि, बलिउडका मिस्टर परफेक्शनिस्ट आफ्नो नयाँ फिल्मलाई लिएर लगातार चर्चामा छन् । उनी चाँडै फिल्म ‘लाल सिंह चड्ढा’ लिएर आउँदैछन् । केही दिन अगाडि फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको थियो । अब, दर्शक फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-08, आईतवार

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका ‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँको दोस्रो फिल्म ‘यात्रा’ गएको वर्षको चैत अन्तिममा प्रदर्शनमा आएको थियो । डेब्यू फिल्ममा अभिनयको आलोचना खेपेका उनले दोस्रो फिल्ममा भने केही हदसम्म तारिफ बटुले । विशेषगरि उनको एक्सनको दर्शक र समीक्षकले प्रशंसा गरेका थिए । तर, फिल्म भने चलेन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-08, आईतवार

गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार दयनिय भएको छ । हप्तैपिच्छे हलमा फेरिने आश गरिएका फिल्मले समेत बक्सअफिसमा आफ्नो जादू देखाउन सकेका छैनन् । कतिपयले यसको कारण जाडो मौसमलाई मानेका छन् । तर, केही भने राम्रा फिल्म बन्न नबनेका कारण दर्शक महँगो टिकट काटेर हल पुग्न छाडेको बताउँछन् । 

फिल्मीखबर, काठमाडौं, 2019-12-08, आईतवार

‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बेसडर बनेका अभिनेता दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग हुनु पर्ने बताएका छन् । तर, आफू भने कामको व्यस्तताका कारण स्वास्थ्यमा खासै सजगत अपनाउन नसकेको बताउँछ । उनले आफू ब्रान्ड एम्बेसडर रहेको ‘डबल सी’ स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहने पनि बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-07, शनिवार

जीवन्त अभिनय र आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चामा आइरहने अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक जीवनमा बाँधिएकी छन् । प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ । 

Results : 8947 - 8952 of 24024
Most Visited News (monthly)