Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा भारतीय कलाकार करणको नेपाली फिल्म ‘दि कर्मा’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/31
 
नेपाली फिल्मले विरलै पाउने सोलो रिलिजको अवसर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘दि कर्मा’ ले पाएको छ । योसँग बक्सअफिसमा भिड्न अरु नेपाली फिल्म छैनन् । असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली फिल्मको व्यापारलाई यो फिल्मले चलायमान बनाउने अपेक्षा गरिएको छ । फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । 
 
एक्सन लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङ केन्द्रिय भूमिकामा छन् । अभिनेत्री परमिताले फिल्ममा पहिलो पटक नकारात्मक भूमिका निर्वाहा गरेकी छन् । फिल्ममा उनी एक गाउँको मुखियाको भूमिकामा छिन् । यो फिल्म जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको  हो ।
 
फिल्मको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । फिल्ममा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ । शुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्ममा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् । सीमा क्षेत्रमा हुने अपराध क्रियाकलापमा आधारित भएर फिल्म निर्माण भएको हो । 
 
सारदा खड्का अर्याल सह-निर्माता रहेको फिल्म ‘दि कर्मा’ मा कोशिश क्षेत्री/मानस थापा/अंकित बाबु अधिकारीको संगीत रहेको छ भने रामेश्वर कार्कीको छायांकन छ । मुलुकका पाँच दर्जनभन्दा बढी सिनेमा हलबाट फिल्म एकसाथ प्रदर्शन भएको निर्माता जय राज रायले बताए । सिमा क्षेत्रको कथामा निर्माण भएका कारण फिल्मको छायांकन पनि नेपालको तराई क्षेत्रमा गरिएको हो ।
Most Visited News (monthly)