
यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘चपली हाइट ३’ मा भर्सटायल अभिनेता अर्पण थापाको प्रवेश भएको छ । उनको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो भएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतको प्रमुख भूमिका छ । फिल्मका निर्माता अर्जुन कुमार हुन् ।

अभिनेता कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्द अभिनीत प्रेमकथामा आधारित फिल्म ‘माया पिरिम’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । उनले यसअघि फिल्म ‘मट्टीमाला’ को क्याप्टेनसिप सम्हालेका थिए । दोस्रो फिल्मसम्म आइपुग्दा आफूमा टेक्निकल्ली र क्वालिटीमा धेरै सुधार आएको उनको भनाई छ ।

नेपाली फिल्मका सबैभन्दा ठूला स्टारडम भएका अभिनेता हुन्, अनमोल केसी । उनलाई जति फिल्मको अफर अहिलेको समयमा सायदै अरु कसैलाई आउँछ । उनले फिल्म गर्नका लागि ‘हुन्छ’ मात्र भने निर्माताहरु ५० लाख पारिश्रमिक आँखा चिम्लिएर दिन तयार छन् । उनको टाउको पोस्टरमा राखेको भरमा फिल्मले बक्सअफिसमा सानदार व्यापार गर्ने सोचाई उनीहरुमा छ ।

बलिउड सुपरस्टार जोन अब्राहमको मोस्ट अवेटेड फिल्म ‘पागलपन्ती’ गएको हप्ता प्रदर्शनमा आएको थियो । तर, यो फिल्मले दर्शकलाई निराश बनाएको छ । फिल्मको बक्सअफिस कलेक्सन पनि निकै निराशाजनक छ । कलेक्सन रिपोर्टले नै फिल्मले दर्शकलाई मनोरञ्जन प्रदान गर्न चुकेको प्रस्ट्याउँछ । फिल्मले ५ करोडको कमाईसँगै बक्सअफिसमा खाता खोलेको थियो ।


फिल्म ‘रोज’ को ‘फूल हैन’ गीतबाट नसोचेको सफलता हात पारेका गायक प्रताप दासलाई अहिले नेपाली फिल्मको गीतमा आवाज भर्न भ्याइनभ्याइ छ । यसबीच, उनले शनिबार छायांकनको तयारीमा रहेको फिल्म ‘अन्तरे’ को टाइटल गीतमा आफ्नो स्वर दिएका छन् । ‘उड्छ आकाशमा’ बोलको गीत गाउने अवसर पाएकोमा गायक दासले निर्माण टिमप्रति आभार व्यक्त गरेका छन् ।

