
शुक्रबारबाट फरक जनरामा निर्माण भएका दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । सुनिल गुरुङको निर्देशनमा बनेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ र टेक पौरखी राई निर्देशित लभस्टोरी फिल्म ‘माया पिरिम’ ले शुक्रबारबाट प्रदर्शन थालेका हुन् । ‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको प्रमुख भूमिका छ ।

अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन्, पूर्व मिस नेपाल निकिता चाण्डक । साइन गरेको हिसाबमा भने उनको यो दोस्रो फिल्म हो । यसअघि उनले मिस नेपालको एक वर्षे कार्यकाल सकाए लगत्तै फिल्म ‘रानी महल’ साइन गरेकी थिइन् । तर, निर्माता र निर्देशकबीचको मनमुटावपछि फिल्मको आधा छायांकन नसकिँदै थन्कियो ।

फिल्म ‘पर्व’ को ‘काले दाई’, ‘बुलबुल’ को ‘खुद्रा खाद्री मायालाई’ जस्तो चर्चित गीतका संगीतकार कोशिश क्षेत्री अहिले गीतमा संगीत भर्नसँगै फिल्ममा अभिनय गर्न पनि व्यस्त छन् । फिल्म ‘मोक्ष’ बाट अभिनय करिअर सुरुवात गरेका उनको पछिल्लो रिलिज फिल्म ‘रातो गलबन्दी’ हो । तर, दुर्भाग्य नै भन्नुपर्छ ! उनले संगीत भरेका गीत राम्रो चले पनि फिल्मले भने निर्माता डुबाएका छन् ।

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर निर्माण गरेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार राजधानीको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका चिर-परिचित अनुहारले फिल्मका कलाकारको अभिनयको प्रशंसा गर्दै कमेडी पाटो मन परेको प्रतिक्रिया दिएका छन् ।

जेम्स बोन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टू डाई’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शकमाझ यो फिल्मको लामो समयदेखि निकै प्रतिक्षा भैरहेको छ । ट्रेलरमा जेम्स बोन्ड अर्थात् डेनियल क्रेग आफ्नो चिर-परिचित अन्दाजमा एक्सन गर्दै देखिएका छन् । एकपटक फेरि बोन्ड घरमाथि बाइक कुदाउँदै देखिएका छन् । ट्रेलरमा एक्सनको जबरजस्त डोज छ ।

आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक भएको छ । एक्सन प्याक्ड टिजरमा नायक करण वर्मा आफ्नो सुगठित शरीर देखाएर एक्सन गर्दै देखिएका छन् । उनले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् । नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानासँगै अभिनेता बुद्दी तामाङ्गलाई पनि टिजर देख्न सकिन्छ ।

