Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपालसँगै अष्ट्रेलियामा ‘लभ डायरिज’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/31
 
प्रेम दिवसको अवसर पारेर आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापा स्टारर फिल्म ‘लभ डायरिज’ को अष्ट्रेलिया रिलिज टुंगो लागेको छ । यो फिल्म नेपालसँगै अस्ट्रेलियामा पनि एकसाथ प्रदर्शन हुने निर्देशक सौरभ चौधरीले जानकारी दिए । ट्रेलर रिलिजपछि विदेशमा फिल्मको माग बढेको उनी बताउँछन् । 
 
अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले फिल्म प्रदर्शन गर्न लागेको हो । फागुन २ अर्थात् फेब्रुअरी १४ मा मेलबर्नस्थित चाइना टाउन सिनेमामा ‘लभ डायरिज’ प्रदर्शन तय भएको निर्माता विनोद सापकोटाले जानकारी दिए । उनले अन्य देशमा पनि फिल्म प्रदर्शनका लागि छलफल भैरहेको बताए । ‘लभ डायरिज’ ले सुशील र रुविनाको प्रेम कथा वाचन गर्छ । 
 
फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी बताउँछन् । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । यो फिल्मको ट्रेलरसँगै ‘छम छम’ र ‘सुन्यौ कि सुनेनौ’ गीत सार्वजनिक भैसकेको छ । 
 
फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्ममा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी फिल्म राम्रो बनेको बताउँछन् । त्यस्तै, अभिनेत्री रुविनाले फिल्मलाई लिएर उत्साहित रहेको बताइन् । 
Most Visited News (monthly)