Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.75/5.00)
Text size:-
+
-

मिलनको ‘गोर्खा वारियर’ मा दयाहाङदेखि प्रशान्तसम्म

फिल्मीखबर, काठमाडौं, 2020/01/31
 
यस वर्षको जेठमा प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’ पछि निर्देशक मिलन चाम्स नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनले वीर गोर्खालीको कथामा फिल्म ‘गोर्खा वारियर’ निर्माण गर्ने भएका छन् । लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा प्रदिप भारद्वाजले लेखेका हुन् । चाँडै छायांकन सुरु हुने फिल्मको अहिलेदेखि नै प्रचार-प्रसार सुरु गरिएको छ । 
 
सन् २०२१ मा विश्वभर प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुनसँगै हलिउड कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मबाट प्रशान्तले ‘परदेशी’ रिलिजको ४ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्ने भएका छन् । त्यस्तै, यस फिल्मबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्दैछन् । 
 
५० प्रतिशत हलिउड प्राविधिकले काम गर्ने ‘गोर्खा वारियर’ नेपाली र अंग्रेजी भाषामा बन्ने निर्देशक चाम्सले जानकारी दिए । फिल्म निर्माण भएपछि लण्डनमा विश्व प्रिमियर गरिने बताइएको छ । प्रिमियरमा दश हजार दर्शक भेला गराइने उद्येश्यले लण्डनमा पहिलो पटक डबल टेकर बसबाट अहिलेदेखि नै फिल्मको प्रचार सुरु गरिएको छ । निर्देशक चाम्सको यो ड्रिम प्रोजेक्ट हो । 
 
 
निर्देशक चाम्सले अहिले फिल्मका लागि एक अभिनेत्रीको खोजी भैरहेको बताए । उनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन अहिलेदेखि नै लण्डनमा ५० वटा डबल टेकर बसबाट फिल्मको प्रचार सुरु गरिएको जानकारी दिए । प्राप्त जानकारी अनुसार, २० करोडभन्दा बढीको लागतमा फिल्म बन्नेछ । फिल्मको यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने बताइएको छ ।
Most Visited News (monthly)