
अभिनेता विराज भट्टको डेब्यू निर्देशित फिल्म ‘साङ्लो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । जसमा अभिनेता भट्ट स्वयं फिचर्ड छन् । उनलाई एक्सन लुकमा देख्न सकिन्छ । पोस्टरसँगै फिल्मको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यसअघि कात्तिक १५ मा आउने निश्चित भएको यो फिल्म अब महाशिवरात्रीको दिन अर्थात् फागुन ९ गते प्रदर्शनमा आउने भएको छ ।

यस वर्षको इदमा प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान र कटरीना कैफ स्टारर फिल्म ‘भारत’ कमाईको मामलामा सबैभन्दा अगाडि देखिएको छ । अली अब्बास जफर द्वारा निर्देशित यो फिल्मले भारतभन्दा बाहिरबाट १०.७१ मिलियन डलर अर्थात् ७५ करोड ९९ लाख कमाएको ‘टाइम्स अफ इन्डिया डट इन्डियाटाइम्स डट कम’ को रिपोर्टमा उल्लेख छ । फिल्ममा सलमानले जवान र अर्धबैशे पुरुषको भूमिका निभाएका थिए ।



गएको जेठ महिनापछि नेपाली फिल्मले भोग्दै आएको व्यावसायिक खडेरीलाई तोड्न सफल भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले एक हप्तामा बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । प्रदर्शनको तीन दिनमा ४ करोड ३२ लाखको व्यापार गर्दै रेकर्ड कायम गरेको फिल्मले एक हप्तामा ७ करोडको आँकडा पार गरेको छ । फिल्मको एक हप्ते कमाई ७ करोड ३८ लाख रहेको वितरक कम्पनी ‘स्टेशन फाइभ’ को दाबी छ ।

भेट्रान निर्देशक अशोक शर्माले अर्को वर्षको दशैं पनि नछाड्ने भएका छन् । गएको वर्षको दशैंको फूलपातीमा ‘जय भोले’ र यस वर्षको घटस्थापनाको छेकोमा ‘रातो टिका निधारमा’ ल्याएका उनले २०७७ सालको दशैंमा आफ्नो निर्देशनमा दशक अगाडि निर्माण भएको ब्लकबस्टर फिल्म ‘अल्लारे’ को दोस्रो श्रृंखला प्रदर्शन गर्ने भएका छन् । ‘जय भोले’ भन्दा अगाडि नै उनले यो फिल्म गर्ने चर्चा थियो ।

