Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘थप्पड’ ट्रेलरः पतिको एक थप्पड विरुद्ध तापसीको लडाईं

एजेन्सी, मुम्बई, 2020/01/31
 
फरक धारका फिल्म गर्न रुचाउने अभिनेत्री तापसी पन्नू स्टारर फिल्म ‘थप्पड’ को ट्रेलर सार्वजसनक भएको छ । टाइटलझैँ फिल्मको कहानी एक थप्पडको वरिपरि घुमेको छ । महिला केन्द्रित यो फिल्मको ट्रेलरमा तापसी आफ्नो घर-परिवारको विरुद्धमा गएर पतिको थप्पड सहनुभन्दा त्यसको विरोध गर्दै देखिएकी छन् । यसका लागि उनले कानुनको समेत सहारा लिएकी छन् । 
 
ट्रेलरको सुरुवातमा तापसी पन्नू र पवेल गुलाटीको ह्याप्पी म्यारिड लाइफ देखाइएको छ । एक पार्टीमा कुनै कुरामा रिसाएका पवेल सबैको अगाडि तापसीलाई थप्पड लगाउँछन् । जुन तापसीलाई राम्रो लाग्दैन । र, श्रीमानसँग डिभोर्स गर्ने निर्णय लिन्छिन् । तर, परिवारले उनलाई महिला भएपछि पतिको थप्पड सहनु पर्ने भन्दै एक थप्पडको निहुँमा डिभोर्स नगर्न सल्लाह दिन्छन् । 
 
अभिनेत्री तापसी भने आफ्नो आत्मसम्मानमा चोट पुगेको भन्दै थप्पडबाट सुरु हुने घरेलु हिंसाको विरुद्ध लड्छिन् । अब के उनले एक थप्पडलाई सामान्य सोचेर चुप लागेर बस्छिन् वा महिला अधिकारका लागि लड्नेछिन्, यो देख्न निकै रोचक हुनेछ । ट्रेलरमा तापसीको अभिनय गजब देखिएको छ । एकसेएक उम्दा फिल्म दिइसकेका अनुभव सिन्हाले ‘थप्पड’ निर्देशन गरेका हुन् । 
 
अभिनेत्री तापसीले यसअघि पनि गम्भीर मुद्धामा बनेका फिल्ममा काम गरिसकेकी छन् । उनको पछिल्लो रिलिज फिल्म ‘सांड की आंख’ हो । ‘पिंक’, ‘गेम ओभर’, ‘नाम शबाना’ जस्ता फिल्ममा उनले बलियो क्यारेक्टर निभाएकी थिइन् । त्यस्तै, निर्देशक अनुभव सिन्हा पनि सिरियल मुद्धामा फिल्म बनाउनका लागि चिनिन्छन् । उनले पछिल्लो पटक फिल्म ‘आर्टिकल १५’ बनाएका थिए । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)