Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8875 - 8880 of 24024
एजेन्सी, मुम्बई, 2019-12-23, सोमवार

२४ फेब्रअरी २०१८ मा ५४ वर्षको उमेरमा निधन भएकी हिन्दी र दक्षिण भारतीय फिल्मकी सबैभन्दा चर्चित अभिनेत्रीमध्ये एक श्रीदेवीको फिल्म करिअर र उनको जिन्दगीका विभिन्न आयाममा आधारित पुस्तक ‘श्रीदेवी : द ईटर्नल स्क्रिन गडेस’ को आइतबार विमोचन भएको छ । यो किताबको विमोचन चर्चित फिल्म निर्देशक करण जोहरले गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2019-12-23, सोमवार

फिल्म ‘नाईं नभन्नू ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी वर्षा सिवाकोटीले अहिलेसम्म दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, उनको फिल्मी करिअरको ग्राफ खासै सन्तोषजनक छैन । लगातार फिल्म गरिरहे पनि उनले आजसम्म हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । उनले अभिनय गरेका प्रायः सबै फिल्म बक्सअफिसमा नराम्रोसँग पछारिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-23, सोमवार

नेपालका हल सञ्चालकले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने पुरानो रोग हो । नेपाली फिल्ममा दर्शकको उपस्थिति राम्रो हुँदा पनि मल्टीप्लेक्सहरुले सोज बढाउन आवश्यक ठान्दैनन् । तर, विदेशी फिल्मलाई भने आवश्यकभन्दा पनि बढी सोज दिइन्छ । एकै मितिमा ठूलो विदेशी फिल्म प्रदर्शन हुँदा त झन् नेपाली फिल्मले एक सोज पाउन पनि गाह्रो हुन्छ । 

फिल्मीखबर, काठमाडौं, 2019-12-23, सोमवार

पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले फिल्म ‘अनुराग’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । गत वर्ष प्रदर्शनमा आएको फिल्ममा उनको नव-अभिनेता समुन्द्र पण्डितसँग जोडी बाँधिएको छ । धमला पत्नीको अभिनय रहेका कारण रिलिजपूर्व फिल्मको राम्रै चर्चा थियो । तर, हलमा रिलिज भएपछि फिल्मले दर्शकको साथ पाउन सकेन । फिल्मले बक्सअफिसमा घुँडा टेक्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-22, आईतवार

पौराणिक कथामा निर्माण भएको फिल्म ‘जिउँदो’ को ट्रेलर सार्वजनिक भएको छ । अलमिस्ट सुब्बाको निर्देशन रहेको यो फिल्म दार्जिलिङमा निर्माण भएको हो । फिल्ममा पूर्वी नेपाल तथा दार्जिलिङका स्थानिय कलाकारको अभिनय रहेको छ । ट्रेलर सार्वजनिक भए पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । फागुनभित्र फिल्म प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-22, आईतवार

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ रिलिजको पहिलो दिनदेखि नै बक्सअफिसमा छाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको दोस्रो दिनको कमाई पनि सार्वजनिक भएको छ । पहिलो दिनको तुलनामा फिल्मले दोस्रो दिन २५ लाख बढी कमाएको छ । पहिलो दिन फिल्मले २४ करोड ५० लाख छापेको थियो । दोस्रो दिन २४ करोड ७५ लाख कमाएको छ ।

Results : 8875 - 8880 of 24024
Most Visited News (monthly)