Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘सेन्टी भाइरस’ को ‘ए नि लै’ गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/02/19
 
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । ‘ए नि लै’ बोलको गीतमा सुशान्त गौतमको गायन छ । गीतमा उनी आफैंले संगीत भरेका छन् । गीतको शब्द हर्क साउदले सिर्जेका हुन् । गीतले फिल्मका पात्रको पीडा भन्छ । फिल्ममा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गुरुङले बताए । 
 
श्रीमान्-श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ । यो फिल्मको ट्रेलर र ‘फनफनी’ बोलको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्मको केन्द्रिय भूमिकामा छन् । पहिलो पटक ठूलो पर्दामा उनीहरुले स्क्रिन शेयर गरेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । 
 
फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।
 
कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा निर्माण भएको फिल्मका सह-निर्माता फूर्पा लामा हुन् । यही शुक्रवारबाट प्रदर्शनमा आउने ‘सेन्टी भाइरस’ को बुधवारबाट मल्टीप्लेक्समा एडभान्स बुकिङ खुल्ला भैसकेको छ । फिल्मले मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)