Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

महेश बाबू भन्छन्, ‘मेरो जीवनमाथि बनेको बायोपिक चल्दैन’

एजेन्सी, मुम्बई, 2020/02/19
 
तेलुगू फिल्मका सुपरस्टार महेश बाबूले आफ्नो जीवनमाथि फिल्म बनाए नचल्ने बताएका छन् । आफ्नो जीवन निकै सरल र बोरिङ रहेको उनी बताउँछन् । एक अन्तर्वार्तामा पत्रकारले उनलाई सोधेका थिए कि तपाईंको जीवनमा बायोपिक बन्यो भने मुख्य भूमिकामा को सुहाउँछ ? उनले जवाफमा भने, ‘मेरो निकै सरल र बोरिङ जीवन छ । ममाथि बनेको बायोपिक चल्दैन ।’
 
टाइम्स अफ इन्डिया डटकमसँगको कुराकानीमा उनलाई सधैं याद आउने कुनै एउटा फिल्मको सेटमा भएको यागदार क्षण सम्झन आग्रह गरिएको थियो । महेशले विगत सम्झँदै भने, ‘म फिल्म सेट भन्दिनँ तर जब २००१ मा ‘मुरारी’ रिलिज भएको थियो र मैले आफ्नो पितासँग बिहानी शो हेरेँ । फिल्म हेरेपछि पिताले मेरो काँधमा हात राख्नुभएको थियो । त्यो क्षण म कहिल्यै भुल्दिनँ ।’ 
 
अभिनेता महेशले आफ्नो श्रीमतीसँग पनि फिल्म गर्न चाहेको बताए । उनकी श्रीमती नम्रता शिरोडकर बलिउड अभिनेत्री हुन् । उनले पहिलो फिल्म सलमान खानसँग गरेकी थिइन् । अन्तर्वार्तामा महेशलाई फेरि सोधियो कि बिहान उठ्दा राज्यको मुख्यमन्त्री भए सबैभन्दा पहिला के गर्नुहुन्थ्यो ? उनले हाँस्दै भने, ‘मलाई थाहा छैन । भगवान् राज्यमाथि आफ्नो कृपा बनाइराख्नुस् ।’
 
सन् १९९९ मा फिल्म ‘राजकुमरुदु’ बाट अभिनेता महेश बाबूले पहिलो पटक मुख्य अभिनेताको रुपमा अभिनय गरेका थिए, जसका लागि उनले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार समेत हात पारेका थिए । महेश बाबुले ‘मुरारी’, ‘ओकाडू’, ‘अथाडू’, ‘पोकिरी’, ‘नेनोक्कडीने’, ‘श्रीमंथुडु’, ‘दूकुदु’, ‘व्यापारी’, ‘सीतम्मा वकितलो सिरिमले चेत्तु’, ‘महर्षि’ जस्ता दर्जनौं फिल्ममा काम गरेका छन् । 
Most Visited News (monthly)