Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8881 - 8886 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-12-22, आईतवार

एक समयका हिरो रोज राणाले केही फिल्मको निर्देशन पनि गरिसकेका छन् । ‘म छु नी तिम्रो’, ‘टक्कर दुई मुटुको’ मा प्रमुख भूमिका निर्वाहा गरेका उनले ‘मेरो पैसा खोइ ?’ र ‘जय परशुराम’ को क्याप्टेनसिप सम्हालेका थिए । एकसेएक हिट फिल्मको निर्माण समेत गरिसकेका उनी अहिले डेढ दशक अगाडिको ब्लकबस्टर फिल्म ‘खलनायक’ को सिक्वेल निर्माणमा जुटेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2019-12-22, आईतवार

नेपाली फिल्मको तीखो समीक्षा गरेर आफ्नो अलग परिचय बनाएका दीपेन्द्र लामा केही वर्षयता फिल्म निर्देशन गर्न व्यस्त छन् । फिल्मको क्याप्टेनसिपको जिम्मेवारी सम्हाल्न थालेपछि उनले शब्दमार्फत फिल्मको राम्रो र नराम्रो पक्ष केलाउन लगभग छाडेका छन् । उनी अब पूर्णरुपमा फिल्म निर्देशनमा समाहित हुने सोचमा छन् । उनी निर्देशित पछिल्लो फिल्म ‘छ माया छपक्कै’ हो ।

फिल्मीखबर, काठमाडौं, 2019-12-22, आईतवार

व्यावसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’ का निर्देशक हुन्, दीपेन्द्र के. खनाल । यो फिल्मपछि उनीमाथि दर्शकको अपेक्षा बढेको छ । तर, पछिल्लो समय उनी बजारमुखी भएको आरोप समीक्षकको छ । ‘चङ्गा चेट’ उनी निर्देशक पछिल्लो फिल्म हो । यो फिल्मले बक्सअफिसमा ठिकठाक व्यापार गरे पनि निर्देशक खनालको चर्को आलोचना भयो । 

एजेन्सी, मुम्बई, 2019-12-21, शनिवार

अभिनेता गोविन्दा बलिउडमा एक सुपरस्टारको रुपमा चिनिन्छन्  । आफ्नो समयमा उनले कयौं सुपरहिट फिल्म दिएका छन् । तर, जसरी उनी एकाएक सफलताको शिखरमा पुगे त्यसरी नै ओर्लिए पनि । उनले आफ्नो स्टारडम लामो समयसम्म टिकाइराख्न सकेनन् । अहिले उनी बेरोजगार अभिनेतामा गनिन्छन् । उनलाई फिल्ममा खेलाउन कुनै मेकर तयार छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2019-12-21, शनिवार

फिल्म ‘अन्तराल’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री नम्रता श्रेष्ठ अहिले गुमनामझैँ छिन् । उनलाई पर्दामा नदेखिएकै एक वर्षभन्दा बढी भैसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘समर लभ’ मा देखिएकी थिइन् । यो फिल्मपछि उनले नयाँ फिल्ममा काम गरेकी छैनन् । कतिपय उनलाई फिल्मबाट अफर नै हुन छाडेको बताउँछन् । आजभोली उनी भिडियोमा बढी व्यस्त छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-21, शनिवार

पछिल्लो समय कलाकारिताभन्दा सामाजिक काममा सक्रिय हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । भरतपुरमा ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ निर्माण गर्न दिन-रात खटिरहेका उनीहरु रंगशाला निर्माणको सहयोगार्थ फिल्म निर्माण गरेको बताउँछन् ।

Results : 8881 - 8886 of 24024
Most Visited News (monthly)