
‘पशुपति प्रसाद’ जस्तो व्यवसायिक र समीक्षात्मक रुपमा सफल फिल्मका दिएका दीपेन्द्र के. खनाल निर्देशित फिल्म भएका कारण ‘आमा’ दर्शकमाझ प्रतिक्षीत छ । फिल्म आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो । तर, असारमा समेत दर्के पानी नपर्दा फिल्मको लामो समय छायांकन हुन सकेको थिएन ।

कलाकारिता हुँदै समाजसेवामा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको कमेडी फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘फनफनी’ बोलको गीत बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् ।

आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ३ मिने ४८ सेकेण्ड लामो ट्रेलर इमोसनल छ । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छिन् ।

गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार उदेकलाग्दो भएको छ । आशा गरिएका फिल्म समेत बक्सअफिसमा पछारिरहेका छन् । जसले गर्दा फिल्म निर्माण र प्रदर्शन गर्न तम्सिएका निर्माताहरु नराम्रोसँग हच्किएको अवस्था छ । अहिले ब्रान्ड बनिसकेका फिल्मका सिरिज र केही सीमित टिमप्रति मात्र दर्शकको विश्वास छ । यस वर्ष नाफा कमाएका फिल्मले यही देखाउँछ । नयाँ नाममा बनेका फिल्महरु डुबेका डुब्यै छन् ।

बलिउडमा एउटा कहावत छ, ‘फिल्म कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले ।’ यो भन्नुको कारण हो, आजसम्म बलिउडमा सलमानले जति हिट फिल्म अरु अभिनेताले दिन सकेका छैनन् । उनै, सलमान तेस्रो पटक चुलबुल पान्डे बनेर आउँदैछन् । उनको प्रमुख भूमिका रहेको फिल्म ‘दबंग ३’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।

मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली फिल्म ‘गोर्खा रक्षक’ का निर्माता समेत रहेका सनी बीले निर्माण गरेको हलिउड फिल्म ‘फाइट अफ फ्यूरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिएको छ । फिल्ममा सनी स्वयं प्रमुख भूमिकामा छन् ।

