Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आमा’ गरेपछि क्यारेक्टरमा डुब्ने क्षमता बढेको छ : सुरक्षा पन्त

फिल्मीखबर, काठमाण्डौ, 2020/02/19
फिल्ममा भिन्न प्रकारका भूमिका गर्न लोभिने अभिनेत्री हुन्, सुरक्षा पन्त । फिल्मी करिअरको सुरुवाती दिनमा प्रायः अभिनेत्रीहरु चुनौतीपूर्ण भूमिका निर्वाहा गर्न तयार हुँदैनन् । सुरक्षाले भने दोस्रो फिल्म ‘धनपति’ मै एक सन्तानको आमाको भूमिका निर्वाहा गरिन् । र, प्रशंसा पनि बटुलिन् । त्यस्तै, यस वर्ष प्रदर्शनमा आएको हरर फिल्म ‘घर’ मा उनी दर्शक तर्साउने भूमिकामा थिइन् । 
 
यस वर्षका लागि उनको दोस्रो फिल्म ‘आमा’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मका लागि उनले ठूलो त्याग गरेकी छन् । फिल्मको क्यारेक्टरमा पूर्णरुपमा डुब्न उनले आफ्नो लोभलाग्दो कपाल खौरिइन् । फिल्म हेर्दा दर्शकलाई वास्तविक लागोस् भन्नका लागि आफूले कपाल खौरिएको उनको भनाई छ । उनी कपाल खौरिन कथाका कारण राजी भएको बताउँछिन् ।
 
 
‘आमा’ मा आफूले गरेको अभिनय ‘एक्टिङ र नन एक्टिङ’ को बीचमा रहेको उनको कथन छ । यो फिल्म गरेपछि आफूमा क्यारेक्टरमा डुब्ने क्षमताको विकास भएको उनी सुनाउँछिन् । एक भेटमा सुरक्षाले भनिन्, ‘एउटा कलाकार भएको हिसाबले ‘आमा’ मा काम गरेपछि अभिनयमा केही निखारता आएको छ । अझ गहिराइमा क्यारेक्टरलाई खेलाउन सक्ने क्षमता बढेको छ ।’ 
 
‘आमा’ मा काम गर्दा एक हदसम्म अभिनयमा सन्तुष्टि मिलेको सुरक्षाको अनुभव छ । एउटा कलाकार अभिनयका क्रममा सधैँ चरम आनन्दको खोजीमा हुने गरेको भए पनि त्यो सबै फिल्मबाट नपाइने उनी बताउँछिन् । तर, आफूले ‘आमा’ बाट धेरैपल्ट त्यो आनन्द पाएको उनले बताइन् । उनी फिल्ममा आफूले निर्वाहा गरेको भूमिका र अभिनयलाई दर्शकले रुचाउनेमा विश्वस्त छिन् । 
 
‘पशुपति प्रसाद’ जस्तो उम्दा फिल्म दिएका निर्देशक दीपेन्द्र के. खनालले ‘आमा’ को निर्देशन गरेका हुन् । यसकारण पनि यो फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा छ । उनी यो फिल्म यथार्थसँग नजिक भएर बनेको बताउँछन् । फिल्ममा आउने घटना र पात्रसँग दर्शक आफैं जोडिन पुग्ने उनले बताए । उनले ‘पशुपति प्रसाद’ हेरेका दर्शक ‘आमा’ हेरेपछि निराश नहुने पनि दाबी गरे । 
Most Visited News (monthly)