
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४९ सेकेण्ड लामो ट्रेलर इमोसनल छ । फिल्ममार्फत् निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक स्थितिलाई देखाउन खोजिएको छ ।

फिल्म ‘ए मेरो हजुर २’ बाट सुखद डेब्यू गरेका अभिनेता सलिनमान बनियाँ प्रेम सम्बन्धमा रहेको कुरा अब नौलो रहेन । डेब्यू फिल्म रिलिज भए लगत्तै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् प्रेमिका सार्वजनिक गरेका थिए । उनकी प्रेमिकाको नाम अस्प्रिना श्रेष्ठ हो । उनी प्रोफेसनल मेकअप आर्टिस्ट हुन् । फिल्ममा डेब्यू गर्नुभन्दा अगाडिदेखि नै सलिन अस्प्रिनाको प्रेममा थिए ।

नेपालमा वर्षौदेखि विदेशी फिल्मको दबदबा कायम छ । नेपाली फिल्मले पोस्टरको पनि पैसा उठाउन नसक्दा बलिउड र हलिउड फिल्मले भने यही करोडौं छापिरहेका हुन्छन् । यसले के प्रस्ट्याउँछ भने नेपाली दर्शकको पहिलो रोजाइ घरेलु फिल्म नभइ विदेशी फिल्म बनिरहेको छ । नेपाली फिल्म स्तरिय बन्न नसक्नुले नै विदेशी फिल्मप्रति दर्शकको झुकाव बढेको कतिपयको ठम्याइ छ ।

बलिउड अभिनेत्री रानी मुखर्जी र अभिनेता सैफ अली खानले एकपटक फेरि सिल्भर स्क्रिनमा धूम मच्चाउने भएका छन् । चाँडै उनीहरु फिल्म ‘बन्टी और बब्ली २’ मा देखिँदैछन् । यो फिल्मको यश राज फिल्म्सले बिहीबार औपचारिक घोषणा गरेको छ । यो फिल्मबाट सैफ र रानी ११ वर्षपछि पर्दामा फर्किँदैछन् । सैफभन्दा पहिला यो फिल्म अभिषेक बच्चनलाई अप्रोच गरिएको थियो ।

आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को आइटम गीत सार्वजनिक भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर छ । गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानाको मादक नृत्य देख्न सकिन्छ । उनीसँगै नव-अभिनेता करण वर्माले पनि ठुम्का लगाएका छन् ।


