Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

ब्याचलर पार्टीमा प्रियंकालाई आयुष्मानको च्यालेन्ज

फिल्मीखबर, काठमाण्डौ, 2020/02/23
नेपाली फिल्मका लभ बर्डस् प्रियंका कार्की र आयुष्मान देशराज जोशी फागुन १५ गते (बिहीवार) बैबाहिक जीवनमा बाँधिँदैछन् । गएको वर्ष दुईपटक इन्गेजमेन्ट गरेका उनीहरुले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । यो जोडी यस वर्षको असारमा नै विहे गर्ने तयारीमा थियो । तर, दुवै पक्षका परिवारको समय नमिलेका कारण विवाह पछाडि सर्‍यो ।
 
टिकाटालो भएको डेढ वर्षसम्म पनि विवाह नहुँदा उनीहरुको सम्बन्ध विग्रिएको र विवाह नहुने चर्चा समेत चलेको थियो । तर, गएको महिना अभिनेत्री प्रियंका आफ्ना केही निकट साथीहरुसँग ब्याचलोरेट पार्टी (विवाह तय भएपछि सहपाठीहरुले मिलेर सम्भावित दुलहीलाई दिने सरप्राइज्ड पार्टी) मनाउन थाइल्याण्ड उडेपछि उनी यसै वर्ष दुलही हुन लागेको निश्चित भएको थियो । 
 
केही दिनअघि एक तस्विरमार्फत् विवाहको मिति घोषणा गरेका प्रियंका र आयुष्मानले विवाहपछि भिन्नै बस्नका लागि काठमाडौंको भैंसेपाटीमा नयाँ घर समेत किनिसकेका छन् । अहिले दुवै पक्षको घरमा विवाहको तयारी चलिरहँदा आयुष्मान देशराज जोशी भने आफ्नो भाई आशिरमानसहित केही निकट साथीहरुसँग ब्याचलर पार्टी मनाउन पोखराको वाटर फ्रन्ट रिसोर्टमा पुगेका छन् । 
 
 
अभिनेत्री प्रियंका कार्कीले आफ्ना साथीहरुसँग थाइल्याण्डमा खिचेको हट एण्ड बोल्ड तस्विरले केही दिन सामाजिक सञ्जाल गजबले तातेको थियो । अब, आयुष्मानको ब्याचलर पार्टीको तस्विरले सामाजिक सञ्जाल र मिडियामा चर्चा बटुल्न थालेको छ । प्रियंकाले आफ्ना साथीहरुसँग जस्तो तस्विर खिचाएकी थिइन्, त्यस्तै तस्विर आयुष्मान र उनका साथीहरुले पनि खिचेका छन् । 
 
आयुष्मानले आफ्नो इन्स्टाग्राममा साझेदार गरेका तस्विरहरु निकै ‘फन्नी’ छन् । प्रियंकाले थाइल्याण्डमा होटलको कोठाभित्र आफ्ना साथीहरुसँग जुन पोजमा तस्विरहरु खिचाएकी थिइन्, आयुष्मानले पनि आफ्ना साथीहरुसँग दुरुस्तै त्यही भावभङ्गीमा तस्विर खिचेका छन् । आयुष्मानले इन्स्टाग्राममा साझेदार गरेको तस्विर प्रियंकाले पनि आफ्नो इन्स्टाग्राममा पोस्ट्याएकी छन् ।
 
हुनेवाला श्रीमानले आफ्ना साथीहरुसँग खिचाएको तस्विर साझेदार गर्दै प्रियंकाले आफू शब्दविहीन भएको बताएकी छन् । ‘म संगीतको लागि साथीहरुसँग अभ्यास गरिरहेको थिएँ र हामी यो तस्विर देख्यौं । विश्वास गर्नुस् एकछिन अभ्यास भंग भयो,’ उनले लेखेकी छन् । तर, इन्स्टाग्राममा उनीहरुका प्रशंसकले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्दै प्रतिक्रिया जनाएका छन् । 
Most Visited News (monthly)