Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ को मुहूर्त, प्रकाशसँग बाँधियो वर्षाको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2020/02/21
४ वर्ष अगाडिको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेलको शुक्रवारबाट छायांकन सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर फिल्मको शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो । नारायण रायमाझीको निर्देशनमा निर्माण हुने लागेको फिल्ममा चर्चित लोक गायक प्रकाश सपुतले प्रमुख भूमिका निर्वाहा गर्दैछन् । उनले ‘परदेशी २’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् । 
 
 
फिल्ममा प्रकाशको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी देखिनेछिन् । शुक्रवार भएको फिल्मको मुहूर्त समारोहमा उनीहरु दुवै उपस्थित थिए । प्रकाशले फिल्मको छायांकन सुरु हुँदै गर्दा आफूमा डर र उत्साह दुवै रहेको बताउँदै आफूले पाएको भूमिका इमान्दारपूर्वक निर्वाह गर्ने बताए । त्यस्तै, अभिनेत्री वर्षाले ‘परदेशी’ सिरिजमा आबद्ध हुन पाएकोमा दुखी व्यक्त गरिन् । 
 
‘परदेशी’ को अघिल्लो पार्टमा निर्देशक रायमाझीले वैदेशिक रोजगारीको कथा बुनेका थिए । यसको सिक्वेलमा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइने जानकारी प्राप्त छ । ‘परदेशी २’ मा गायक सपुतका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ । गायक प्रकाश सपुतले आफ्नो बाल्यकालदेखिको अभिनेता बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । 
 
 
फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ । फिल्मको मुहूर्त समारोहमा उनी पनि उपस्थित भएका थिए । यो फिल्मको अघिल्लो श्रृंखलामा उनी प्रमुख भूमिकामा थिए । अब, ‘परदेशी २’ मा प्रकाश, वर्षा र प्रशान्तलाई एकसाथ पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । 
Most Visited News (monthly)