Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(69 votes, avg 3.17/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ गीतमा प्रेम र गीतको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2020/02/21
 
यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको शिर्ष गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । गीतमा फिल्मका चल/अचल दृश्यहरु समावेश छन् । गीतले फिल्मका दुई प्रमुख पात्र प्रेम र गीतको मनोभाव र प्रेमभाव बोल्छ ।
 
फिल्ममा अभिनेता प्रदीप खड्का ‘प्रेम’ र नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ को भूमिकामा छन् । गीतमा उनीहरुको अंकुराउँदै गरेको प्रेमलाई देखाइएको छ । गीतमा बाल कलाकार अनुभव रेग्मी र सम्वृद्धि शाही ठकुरीलाई पनि देख्न सकिन्छ । फिल्ममा अनुभव प्रदीपको बाल्यकाल (प्रेम) को भूमिकामा देखिँदैछन् । भने, सम्वृद्धि क्रिस्टिनाको बाल्यकाल (गीत) को भूमिकामा छिन् । 
 
फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । 
 
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘प्रेमगीत ३’ को यसअघि सार्वजनिक भएको ‘हात्ती ढुंगामा’ अहिले चर्चामा छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)