
नेपाली फिल्मका जल्दाबल्दा अभिनेता अनमोल केसी अहिले अमेरिकामा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनी केही हप्ता अगाडि मात्र त्यहाँ पुगेका हुन् । अमेरिकाभन्दा अगाडि उनी ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा भाग लिन जापान पुगेका थिए । दुबै अवार्ड समारोहमा उनले अवार्ड उचाले । अवार्ड चुमेका तस्विर उनले सामाजिक सञ्जालमा पोस्ट्याएका छन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको फिल्म छपाक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण भएको हो । यसमा दीपिका मालती नामकी एक साधारण युवतीको भूमिकामा देखिएकी छन्, जोमाथि केही युवकले एसिड अट्याक गर्छन् ।

वर्षेनी सयभन्दा बढी नेपाली फिल्म प्रदर्शनमा आउँछन् । तर, मुश्किलले चार/पाँचवटा फिल्मले मात्र लगानी उठाउँछन् । बाँकी फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पनि पैसा उठाउँदैनन् । केही वर्षयता नेपालमा ब्रान्ड बनिसकेका फिल्मका सिरिज र टिमका फिल्मलाई मात्र दर्शकले पत्याएका छन् । यस वर्ष नाफा कमाएको फिल्मको सूची हेर्ने हो भने पनि यो स्पष्ट हुन्छ ।

सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘फस्ट लभ’ बाट अभिनय करिअर सुरु गरेकी भर्सटायल अभिनेत्री ऋचा शर्माले शनिबार दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । गएको बैशाखमा ऋचा प्रेममा रहेको खुलेको थियो । तर, उनी लामो समय यसबारेमा बोलिनन् ।

फिल्म ‘कहाँ भेटिएला’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री श्वेता खड्काले पाँच वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कोहिनूर’ रिलिजको पूर्व सन्ध्यामा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिइन् । तर, विवाह बन्धनमा बाँधिएको एक महिनामा नै दर्शकका प्रिय अभिनेता श्रीकृष्णले संसार त्यागे । श्रीमानको शोकमा अभिनेत्री श्वेता झण्डै डेढ वर्ष आँशुमा डुबिन् ।

कार्तिक आर्यन, भूमि पेडणेकर र अनन्या पान्डे स्टारर तथा निर्देशक मुदस्सर अजीजको फिल्म ‘पति पत्नी और वो’ गएको शुक्रबारबाट प्रदर्शनरत छ । प्रदर्शनको पहिलो दिन जबरजस्त ओपनिङ गरेको फिल्मले पहिलो विकेन्डमा पनि तगडा व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार, फिल्मले पहिलो विकेन्डमा सानदार तरिकाबाट व्यापारमा उछाल ल्याएको छ ।

