
फिल्म निर्देशन गर्ने निर्देशकहरुलाई यतिबेला चुनावी रौनकले राम्रै छोएको छ । फिल्म निर्देशकहरुको छाता संस्था चलचित्र निर्देशक समाज, नेपालको आउँदो मंसिर २८ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । निर्वाचन मिति दिन-प्रतिदिन नजिकिँदै जाँदा प्रायः एक्सन-कटमा व्यस्त रहने फिल्म निर्देशकहरु अहिले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यस वर्ष ब्रान्ड फिल्मका सिरिज र टिमका फिल्मले मात्र नाफाको व्यापार गर्न सफल भएका छन् । नयाँ नाममा बनेका फिल्मले हलमा दर्शकलाई आकर्षित गर्न नसकेको अवस्था छैन । बैशाखदेखि मंसिर तेस्रो सातासम्म ५० बढी फिल्म रिलिज भए पनि चार फिल्मले मात्र लगानी उठाए । बाँकी फिल्मले भित्तामा टाँस्नका लागि छापिएको पोस्टरको पैसा समेत उठाउन सकेनन् ।

अभिनेता शाहरुख खानले कयौं निर्देशकसँग काम गर्न लागेको खबर अहिले चर्चामा छ । तर, उनले अहिलेसम्म आफ्नो नयाँ फिल्मको घोषणा गरेका छैनन् । तमिल फिल्मका सुपरस्टार डाइरेक्टर एटलीसँग उनको टिमअप हुने चर्चा छ । एटलीको फिल्म ‘बिजिल’ ले ५ दिनमै बक्सअफिसमा २ सय करोड छापेको थियो । उनका अघिल्ला फिल्म पनि जबरजस्त हिट छन् ।

विदेशी फिल्मको कथा पैंचो लिएर नेपाली फिल्म निर्माण हुने गरेको आरोप नेपाली फिल्म क्षेत्रका लागि पुरानो भैसक्यो । वर्षौदेखि आयतित कथामा नेपाली फिल्म निर्माण हुँदै आएका छन् । यसको तात्तातो उदाहरण ‘कोहलपुर एक्सप्रेस’ र ‘लभ स्टेशन’ हुन् । ‘कोहलपुर एक्सप्रेस’ साउथ इन्डियन फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी थियो । भने ‘लभ स्टेशन’ को कथा एक टर्किस फिल्मबाट उठाइएको थियो ।

मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । यो महिनामा धेरै सम्बन्धसँग जोडिन्छन् । आम सर्वसाधारण मात्र होइन, अविवाहित सेलिब्रेटीहरु पनि विवाहका लागि मंसिर महिना रोज्ने गर्दछन् । गएको शनिबार (मंसिर २१ गते) अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन् । यसै वर्ष अभिनेत्री आँचल शर्माले पनि प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कस्दैछिन् ।

बहुविवाह गरेको आरोपमा मुद्दा चलाइएका फिल्म निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन् । जिल्ला अदालत काठमाडौले उनलाई मंगलबार तारेखमा छाडेको हो । न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा मंगलबार जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए ।

