Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8659 - 8664 of 24295
, , 2020-05-20, बुधवार
चलचित्र पत्रकारहरुले आज २१औँ चलचित्र पत्रकारिता दिवस मनाईरहेका छन् । व्यावसायिक चलचित्र पत्रकारले सङ्गठित हुनुपर्ने आवश्यकता महसुस गरेपछि २०५६ सालमा पेशागत सङ्गठनको रूपमा नेपालभरका चलचित्र पत्रकारहरूको छाता सङगठन ‘चलचित्र पत्रकार संघ'को स्थापना भएको थियो ।
जिवन पराजुली, काठमाडौं, 2020-05-20, बुधवार
सर्वसाधारणले चलचित्र हेर्न पाउने गरी वि.सं. २००६ मङ्सिर २७ गते काठमाडौँ सिनेमा घर खुला गरिएको थियो, जसलाई पछि जनसेवा सिनेमा घर भन्न थालियो । सर्वसाधारणले चलचित्र बारेमा थाहा पाउन भनेर प्रचारको शुरुवात गरियो । चलचित्र भवन परिसरमा बसेर चलचित्रको कथा नै सुनाएर प्रचार गर्न थालियो । चलचित्रको कथा सुनेर चित्रमा हेर्नका लागि सर्वसाधारण चलचित्र हल जान्थे । यो नै चलचित्रबारे सूचना र प्रचारको पहिलो प्रयास थियो ।
फिल्मीखबर, काठमाडौं, 2020-05-13, बुधवार
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागी दश जनाको प्रतिष्पर्धा हुने भएको छ । आवेदन दिनेहरुमा निर्देशक तथा विकास बोर्डका सदस्य दयाराम दाहाल, अभिनेता भुवन के, सी., निर्माता तथा संगीतकार अर्जुन कुमार डंगोल, साँस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, कलाकार भगवती कुमारी मैनाली उप्रेती (भीमा), ध्यान बहादुर राई, परशुराम चौधरी, कलाकार तथा हल संचालक सोहित मानन्धर, निर्देशक राजेन्द्र कुमार उप्रेती र निर्देशक दिपक श्रेष्ठ रहेका छन् ।
फिल्मीखबर, काठमाडौं, 2020-05-13, बुधवार
कोरोना भाईरसले संसारभर महामारीको रुप लिएको बेला त्यसबाट नेपाल पनि चोखो रहन सकेको छैन जसका कारण सरकारले ५२ दिनदेखी देश नै लकडाउन गरेको छ । बिशेस काम बाहेक अन्यलाई बाहिर ननिस्कन सरकारले बारम्बार भनिरहेको छ ।
फिल्मीखबर, काठमाडौं, 2020-05-11, सोमवार
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको बताइएको फिल्म ‘कोपिला’ डिसहोम मार्फत रिलीज हुने भएको छ । कोरोना भाईरसका कारण फिल्म हलहरु ठप्प भएपछि यतिबेला फिल्महरु रिलीज भएका छैनन् । हलमा रिलीज नभएपनि डिसहोम मार्फत यो फिल्म रिलीज हुन लागेको हो ।
फिल्मीखबर, काठमाडौं, 2020-05-08, शुक्रवार
यूवास्टार नायक अनमोल केसीसँग अनस्कृन जोडी बाँधेर पहिलो चलचित्रबाट नै चर्चामा आएकी नायिका सुहाना थापाले शुक्रवार आफ्नो २२औँ जन्मदिन मनाएकी छिन् । कोरोना त्रासको बीच उनले हिन्दुहरूको पुज्य पशु गाईलाई खाना खुवाएर मनाएकी हुन् ।
Results : 8659 - 8664 of 24295