Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तौल बढे पनि घरमै छु : नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2020/04/16
 
कोरोना भाइरसको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि आम सर्वसाधारणदेखि सेलिब्रेटीसम्म घरभित्रै दिन काट्न बाध्य छन् । कोरोनाको त्रासले अत्यावश्यक सेवाबाहेकका सबै काम बन्द भएपछि ज्यालादारी गरेर परिवार पाल्नेलाई बिहान बेलुका हातमुख जोर्नै समस्या भइरहेको अवस्थामा नेपाली सेलिब्रेटीहरुलाई भने मोटाउने चिन्ताले सताउन थालेको छ ।
 
तौल नबढोस् भनेर खानेकुरामा विशेष सावधानी अपनाउने र दैनिक जिम धाउने कलाकारहरु लकडाउनको समयमा परिवारसँग बसेर मिठा परिकार बनाएर खाइरहेका छन् । तर, जिममा गएर पसिना बगाउन पाएका छैनन् । जसकारण, उनीहरुको तौल बढिरहेको छ । घरमै दैनिक केही समय व्ययाम गर्ने गरेता पनि तौल नघटेपछि विशेषगरि अभिनेत्रीहरु चिन्तित हुन थालेका छन् । 
 
अभिनेत्री नम्रता सापकोटा लकडाउनमा घरभित्रै बस्दा तीन केजी मोटाइसकेकी छन् । लकडाउन हुनुभन्दा अगाडिसम्म उनी फिल्म ‘डेसान’ को छायांकनमा व्यस्त थिइन् । कोरोनाको त्रासले फिल्मको छायांकन रोकिएपछि उनी घरभित्रै कैद छिन् । घरमा पाक्ने खानेकुराले आफू लकडाउनको तीन हप्तामा तीन केजी मोटाएको उनले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन् । 
 
उनले तौल बढिरहे पनि आफू घरभित्रै बसिरहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘लकडाउनको बेला घरमा बसी बसी मेटाउन चाहिँ सकिन्छ है । मात्र तीन केजी मोटाएकी छु । तर, घरमै छु है ।’ उनी लकडाउन खुलेपछि मोटाएको शरीर घटाउन नियमित जिम जाने सोचमा छिन् । तर, लकडाउन चाहिँ कहिले खुल्ने हो अहिलेसम्म अत्तोपत्तो छैन । उफ ! नम्रतालाई तनाव छ ।
Most Visited News (monthly)