Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घरमै वर्कआउट र ध्यान गर्न अदितीको सल्लाह

फिल्मीखबर, काठमाण्डौ, 2020/04/17
 
कोरोना भाइरसको संक्रमणबाट देशलाई बचाउन सरकारले लकडाउन घोषणा गरेपछि अभिनेत्री अदिती बुढाथोकी घरभित्रै सीमित भएकी छन् । भारतको मुम्बई बसेर बलिउड प्रवेशका लागि संघर्ष गर्दै आइरहेकी उनी एक फिल्ममा अभिनय गर्नका लागि गएको महिना नेपाल आएकी थिइन् । तर, उनी नेपाल आएको केही दिनमा नै देश लकडाउन भयो र उनी घरभित्रै नजरबन्द भइन् ।
 
नौं लाखभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राममा निकै सक्रिय रहने अदिती दैनिकजसो आफ्ना ‘हट एण्ड बोल्ड’ तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । लकडाउनको समयमा भने उनले घरभित्रै खिचेका तस्विरहरु पोस्ट्याउने गरेकी छन् । बिहीवार उनले घरको छतमा वर्कआउट गरिरहेको आफ्ना केही तस्विरहरु शेयर गरेकी थिइन् । जसमा उनको शरीर निकै फिट देखिएको छ । 
 
उनले लकडाउनमा वर्कआउट गरेर आफ्नो शरीरलाई फिट राख्न सल्लाह दिएकी छन् । अदितीले वर्कआउट गर्दै गरेको तस्विरसँगै क्याप्सनमा लेखेकी छन्, ‘घरमा हरेक दिन वर्कआउट गर्ने कोशिश गर्नुहोस् र फिट रहनुस् । म सबैलाई ध्यान गर्न पनि सल्लाह दिन्छु ।’ स्वास्थ्यमा विशेष ध्यान दिने उनले लकडाउनका कारण जिम जान नपाएपछि घरभित्रै वर्कआउट गर्ने गरेकी छन् । 
 
कोरोनाको त्रास सामान्य भएपछि अभिनेत्री अदिती बुढाथोकीले निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्नेछिन् । यसमा उनको जोडी युवापुस्ताका लोकप्रिय गायक नितेशजंग कुवँरसँग बाँधिएको छ । फिल्मको बैशाख पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी थियो । अभिनेत्री अदितीले फिल्म ‘कृ’ पछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।
Most Visited News (monthly)