Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लकडाउनमा खेतमा काम गर्दै आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2020/04/16
 
कोरोना भाइरसको सन्त्रासका कारण यतिबेला नेपालका अधिकांश जनता घरभित्रै नजरबन्द हुनुपरेको छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेपछि विरलै घरमा बस्न पाएका कलाकारहरु पनि अहिले परिवारसँग समय विताइरहेका छन् । कति नजानेको खानेकुरा पकाउन सिकिरहेका छन् भने कति गाउँ फर्केर खेतीपातीमा रमाइरहेका छन् ।
 
अभिनेता आर्यन सिग्देल पनि अहिले आफ्नो जन्मघरमा छन् । लामो समयदेखि काठमाडौंको लाजिम्पाटमा बस्दै आएका उनी श्रीमती र काखे छोरासहित लकडाउनपछि थानकोट फर्किएका हुन् । त्यहाँ उनको आमा-बुबा बस्ने गर्दछन् । उनी अब स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् । लकडाउनको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।
 
गत वर्ष ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ फिल्ममार्फत् दर्शकसँग साक्षात्कार गरेका उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् । उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । छेवैमा उनकी आमा छिन् । अभिनेता आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंसकले प्रेरणादायक भनेका छन् ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

working with mom... loved it... do whatever you like but don’t get out ...#stayhome #staylocked #staysafe

A post shared by harish sigdel (@aaryansigdel.official) on

उनले तस्विरसँगै क्याप्सनमा घरभित्रै बस्न पनि आफ्ना प्रशंसकलाई अपिल गरेका छन् । उनले लेखेका छन्, ‘ममीसँग काम गर्दै छु । तपाईंहरु आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घरबाट ननिस्कनुहोस् ।’ एक समय नेपाली फिल्ममा आफ्नो बलियो पकड बनाएका उनले केही वर्षयता आफ्नो साख गुमाउँदै गएका छन् । उनका पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् ।
Most Visited News (monthly)