
‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बेसडर बनेका अभिनेता दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग हुनु पर्ने बताएका छन् । तर, आफू भने कामको व्यस्तताका कारण स्वास्थ्यमा खासै सजगत अपनाउन नसकेको बताउँछ । उनले आफू ब्रान्ड एम्बेसडर रहेको ‘डबल सी’ स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहने पनि बताए ।

जीवन्त अभिनय र आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चामा आइरहने अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक जीवनमा बाँधिएकी छन् । प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ ।

चकलेटी हिरो कार्तिक आर्यनको नयाँ फिल्म ‘पति पत्नी और वो’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । फिल्मले पहिलो दिन ९ करोड १० लाखको व्यापार गरेको छ । पर्दामा अभिनेता द्वय अर्जुन कपूर र सञ्जय दत्त स्टारर फिल्म ‘पानीपत’ सँग भिडन्तको बावजूद पनि फिल्मले सानदार कमाएको छ । साथै, यो फिल्म कार्तिकको करिअरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

अभिनेत्री केकी अधिकारीको करिअरको पहिलो हिट फिल्म हो, ‘छ माया छपक्कै’ । २५ वटा असफल फिल्मपछि उनको खातामा पहिलो हिट फिल्म परेको हो । वर्षौदेखि फिल्म छनोटमा गम्भीर नभएको र पैसामुखी भएको आरोप खेप्दै आएकी उनले अब आफ्नो करिअर सम्हाल्ने सुनौलो अवसर पाएकी छन् । अब, उनी फिल्म छनोटमा सम्यमित हुनु अत्यन्त आवश्यक छ ।

यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ छायांकनमा जानुभन्दा अगावैदेखि स्टारकास्टका कारण चर्चामा थियो । आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा अभिनेता प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । भने, उनको अपोजिट अर्थात् ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङ छिन् । प्रदीप र क्रिस्टिनालाई पर्दामा हेर्न दर्शक निकै आतुर छन् ।

‘निर्भय’ फेम्ड निर्देशक मधुसुदन भट्टराईको निर्देशन निर्माण हुन लागेको फिल्म ‘सँगसँगै’ को शुक्रबार काठमाडौंको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । माघबाट छायांकन सुरु हुने फिल्मको मुहूर्त समारोहमा अभिनेता सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता मुकुन्द भुषाल, अभिनेत्री आश्मा गिरी, निर्देशक भट्टराई र लेखक लक्ष्मण सुवेदी उपस्थित थिए ।

