Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8683 - 8688 of 23762
फिल्मीखबर, काठमाण्डौ, 2019-12-09, सोमवार

गएको असोज अन्तिममा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पछि अभिनेत्री केकी अधिकारीको व्यस्तता निकै बढेको छ । एक दशक लामो फिल्म करिअरमा पहिलो हिट फिल्म दिएकी उनी हालै अमेरिकामा भएको ‘ग्लोबल फिल्म अवार्ड’ र घनिष्ट साथी ऋचा शर्माको विवाहमा सहभागी भएपछि फिल्म ‘झिँगेदाउ’ को छायांकनका लागि भकुेन्डेबेसी पुगेकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-09, सोमवार

अभिनेत्री सुमी मोक्तानले लिड रोलमा ब्रेक पाएको पहिलो फिल्म हो, ‘सरौतो’ । यसअघि केही फिल्ममा सहायक भूमिकामा देखिए पनि उनलाई लिड रोलमा भने कसैले पत्याएका थिएनन् । ‘सरौतो’ मा निर्देशक हरि हुमागाईंले उनलाई एक्सन अवतारमा प्रस्तुत गरे । आफूलाई एक्सनमा ढाल्न उनले डेढ वर्ष मार्सल आर्टस्को तालिम लिइन् । भने, सात महिना सांकेतिक भाषा सिकिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-08, आईतवार

कुनै जमाना नेपाली फिल्ममा राज गरेकी अभिनेत्री रेखा थापा अहिले अभिनयसँगै राजनीतिमा पनि सक्रिय छिन् । उनी पछिल्लो पटक फिल्म ‘मालिका’ मा देखिएकी थिइन् । महिला सशक्तिकरणको मुद्धामा फिल्म निर्माण गर्दै आइरहेकी उनी अहिले नयाँ फिल्मको तयारीमा छिन् । नाम घोषणा नगरिएको फिल्मको क्याप्टेनसिप रेखाले निर्देशक रेनशा वान्तवा राईलाई सुम्पिएकी छन् ।

एजेन्सी, मुम्बई, 2019-12-08, आईतवार

मेगा बजेट फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पछि अभिनेता आमिर खान पर्दामा देखिएका छैनन् । यद्यपि, बलिउडका मिस्टर परफेक्शनिस्ट आफ्नो नयाँ फिल्मलाई लिएर लगातार चर्चामा छन् । उनी चाँडै फिल्म ‘लाल सिंह चड्ढा’ लिएर आउँदैछन् । केही दिन अगाडि फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको थियो । अब, दर्शक फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-08, आईतवार

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका ‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँको दोस्रो फिल्म ‘यात्रा’ गएको वर्षको चैत अन्तिममा प्रदर्शनमा आएको थियो । डेब्यू फिल्ममा अभिनयको आलोचना खेपेका उनले दोस्रो फिल्ममा भने केही हदसम्म तारिफ बटुले । विशेषगरि उनको एक्सनको दर्शक र समीक्षकले प्रशंसा गरेका थिए । तर, फिल्म भने चलेन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-08, आईतवार

गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार दयनिय भएको छ । हप्तैपिच्छे हलमा फेरिने आश गरिएका फिल्मले समेत बक्सअफिसमा आफ्नो जादू देखाउन सकेका छैनन् । कतिपयले यसको कारण जाडो मौसमलाई मानेका छन् । तर, केही भने राम्रा फिल्म बन्न नबनेका कारण दर्शक महँगो टिकट काटेर हल पुग्न छाडेको बताउँछन् । 

Results : 8683 - 8688 of 23762
Most Visited News (monthly)