
गत वर्ष शाहरुख खान, सलमान खान र आमिर खानका लागि सुखद रहेन । शाहरुखको 'जिरो' डिजास्टर साबित भयो । आमिरको 'ठग्स अफ हिन्दोस्तान' ले पनि हावा खायो । सलमानको 'भारत' बक्सअफिसमा असफल नभए पनि दर्शक र समीक्षकले रुचाएनन् । अर्कोतिर साना स्टार र कम बजेटमा बनेका फिल्मले भने जबरजस्त कमाई गरे र रुचाइए पनि ।

करीब २ वर्ष अगाडि प्रदर्शनमा आएका दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ बक्सअफिसमा असफल भएपछि अभिनेता राजेश हमालले अभिनयबाट दूरी बनाएका छन् । फिल्मबाट बाक्लै अफर आइरहे पनि उनले कुनै प्रोजेक्टमा हात हालेका छैनन् । समय अभावका कारण उनले स्क्रिप्ट चित्त बुझेर पनि फिल्म ‘प्रेमगीत ३’ छाडे ।

शुक्रबारबाट फरक जनरामा निर्माण भएका दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । सुनिल गुरुङको निर्देशनमा बनेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ र टेक पौरखी राई निर्देशित लभस्टोरी फिल्म ‘माया पिरिम’ ले शुक्रबारबाट प्रदर्शन थालेका हुन् । ‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको प्रमुख भूमिका छ ।

अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन्, पूर्व मिस नेपाल निकिता चाण्डक । साइन गरेको हिसाबमा भने उनको यो दोस्रो फिल्म हो । यसअघि उनले मिस नेपालको एक वर्षे कार्यकाल सकाए लगत्तै फिल्म ‘रानी महल’ साइन गरेकी थिइन् । तर, निर्माता र निर्देशकबीचको मनमुटावपछि फिल्मको आधा छायांकन नसकिँदै थन्कियो ।

फिल्म ‘पर्व’ को ‘काले दाई’, ‘बुलबुल’ को ‘खुद्रा खाद्री मायालाई’ जस्तो चर्चित गीतका संगीतकार कोशिश क्षेत्री अहिले गीतमा संगीत भर्नसँगै फिल्ममा अभिनय गर्न पनि व्यस्त छन् । फिल्म ‘मोक्ष’ बाट अभिनय करिअर सुरुवात गरेका उनको पछिल्लो रिलिज फिल्म ‘रातो गलबन्दी’ हो । तर, दुर्भाग्य नै भन्नुपर्छ ! उनले संगीत भरेका गीत राम्रो चले पनि फिल्मले भने निर्माता डुबाएका छन् ।

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर निर्माण गरेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार राजधानीको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका चिर-परिचित अनुहारले फिल्मका कलाकारको अभिनयको प्रशंसा गर्दै कमेडी पाटो मन परेको प्रतिक्रिया दिएका छन् ।

