Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8665 - 8670 of 23762
फिल्मीखबर, काठमाण्डौ, 2019-12-13, शुक्रवार

विवाहका लागि उपयुक्त मानिने मंसिर महिनामा धेरै सम्बन्धहरु जोडिन्छन् । तर, यो वर्षका लागि मंसिर महिनाले बिदा माग्न अब धेरै दिन बाँकी छैन । त्यसैले प्रेम सम्बन्धमा रहेका जोडीहरु अहिले लगनगाँठो कस्न व्यस्त छन् । अभिनेत्री ऋचा शर्माले पनि दुई वर्ष लामो सम्बन्धलाई मंसिरमै विवाहमै परिणत गर्ने निर्णय लिइन् । शनिबार उनले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-13, शुक्रवार

गएको शनिबार बैबाहिक जीवनमा बाँधिएका अभिनेत्री ऋचा शर्मा र उनका श्रीमान दिपेक्ष विक्रम राणाले बिहीबार साँझ राजधानीको ठमेलमा रहेको ‘अलफ्ट होटल’ मा भब्य रिसेप्सन पार्टी दिएका छन् । पार्टीमा फिल्मकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । आगन्तुक पाहुनालाई मिडियासँग कुराकानी गर्न र तस्विर खिचाउनका लागि फूलै फूलबाट आकर्षक सेटअप तयार पारिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-12, बिहिवार

प्रायः निर्माता/निर्देशक कलाकारको भूमिका र लुक्स फिल्म रिलिज अगाडिसम्म बाहिर ल्याउन चाहँदैनन् । यसो गर्दा दर्शकमा फिल्मप्रति कौतुहलता बढ्ने उनीहरुको सोचाइ छ । तर, अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्मालाई भने यो कुराको मतलबै छैन । अहिले ‘झिँगेदाउ’ फिल्मको छायांकनमा व्यस्त उनीहरु दिनहुँ आफ्नो लुक्स सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2019-12-12, बिहिवार

बक्सअफिसका हिट मेशिन भनिने निर्देशक सुदर्शन थापा फिल्मसँगै गीतसंगीत छान्न पनि निकै माहिर मानिन्छन् । उनी निर्देशित फिल्म ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु’ मा समावेश गीत अझै पनि जनजिब्रोमा झुण्डिन सफल छन् । वर्षमा एउटा मात्र फिल्म लिएर आउने उनले यस वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् ।

एजेन्सी, मुम्बई, 2019-12-12, बिहिवार

यस वर्ष सबैभन्दा धेरै अलग-अलग जनराका फिल्म बनेका छन् र दर्शकलाई पनि खुब मन परेको छ । ‘उरी’ देखि ‘एभेन्जर्स इन्डगेम’ सम्म विभिन्न शैलीका फिल्मले यो वर्ष दर्शकलाई खुब मनोरञ्जन दिए । यो प्याकेजमा हामी २०१९ मा गुगलमा सबैभन्दा धेरै खोजिएका फिल्मको बारेमा चर्चा गर्दैछौं । गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्ममा ‘कबीर सिंह’ पहिलो नम्बरमा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-12, बिहिवार

चर्चित हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्म ‘लक्का जवान’ को रिलिज डेट परिवर्तन भएको छ । यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब चैत २१ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने निश्चित भएको छ । वितरकको सल्लाह अनुसार फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक शिवहरीले जानकारी दिए ।

Results : 8665 - 8670 of 23762
Most Visited News (monthly)