Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लकडाउनमा निर्माता अर्जुनका ३५ पेन्टींग, सबै समाजसेवामा लगाउने

फिल्मीखबर, काठमाडौं, 2020/05/04
चपली हाइट, फिटकिरी, चपली हाइट २, फाटेको जुत्ता, चपली हाइट ३ जस्ता फिल्मका निर्माता, संगीतकार तथा गायक अर्जुन कुमारको परिचय चलचित्र कर्म मात्र होइन । उनि कुशल चित्रकार पनि हुन् ।
 
 
लकडाउनको समयमा उनले ३५ पेन्टींग गरेका छन् । त्यसो त उनले कक्षा ६ मा पढ्ने बेलादेखी नै पेन्टींग शुरु गरेका थिए । केहि बर्ष उनि चलचित्रमा व्यस्त रहे । अहिले लकडाउनमा फुर्सदको समय सदुपयोग गर्दै उनले आफ्नो चित्रकलालाई पुन: जिवित बनाए । उनले सन् १९९५ मा पेन्टींग बेचेर कमाएको पैसाले किनेको भेस्पा बाईक अझै पनि घरमा राखेका छन् ।
 
 
उनको २२ बर्ष अघिको मुल पेशा नै पेन्टींग थियो । नुवाकोटको त्रिशुलीमा अर्जुन आर्टस् को नामले चर्चित उनि पछि भने एडभर्टाइजिंग व्यापारमा लागे ।
 
 
लकडाउन अवधिभर बनाएका सबै पेन्टींग च्यारिटीको लागी निशुल्क दिने अर्जुनले बताए । जीवन रंगीन हुनुपर्छ भन्ने उनले कलरफुल पेन्टींग रुचाउने बताए । 
Most Visited News (monthly)