Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आटामा १५ हजार राखेर मैले दिएको होइन, सबैलाई माया छ: आमिर खान

एजेन्सी, , 2020/05/04

केहि दिन यता सोशल मीडियामा एक पोस्ट भाइरल भयो जसमा दावी गरिएको थियो की आमिर खानले २३ अप्रिलमा भारतको दिल्लीको एक स्थानमा ट्रकभरी आटाका एक-एक किलोका प्याकेट पठाए र हरेक प्याकेटमा १५ हजार रुपैयाँ राखिएको थियो ।
 
सोशल मीडिया यो पोस्ट भाइरल बन्यो । नेपालमा पनि उक्त खबर सनसनी बन्यो । आमिरलाई उदाहरण दिँदै नेपाली सेलिब्रेटीको टीप्पणी समेत भए । तर यो खबरको यथार्थ बाहिर आएको छ । आमिर आँफैले ट्वीट गर्दै यो खबर झुटो रहेको तर कसैले परिचय नखुलाई यस्तो गरेको अथवा अफवाह रहेको बताएका छन् ।
 
आमिरले ट्वीटमा लेखेका छन्, 'साथीहरु, म त्यो मानिस होईन जसले आटामा पैसा राखेर बाँडिरहेको छ । या त यो फेक स्टोरी हो या कोहि रबिन हुड आफ्नो परिचय दिन चाहँदैन । सुरक्षित रहनुहोस्, सबैलाई माया छ' ।
Most Visited News (monthly)