
मंसिर २७ गतेबाट पोस्टपोन्ड भएर माघ ३ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘१२ सत्ताइस’ को शिर्ष गीत सार्वजनिक भएको छ । दीपक आरजेको स्वर तथा संगीत रहेको गीतमा चर्चित र्यापर गिरिश खतिवडाको र्याप छ । प्रकाश मल्लले गीत लेखेका हुन् । दीपक र गिरिशसँगै गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सबै फिचर्ड छन् ।

दुई दर्जन फ्लप फिल्मपछि अभिनेत्री केकी अधिकारीले गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ बाट हिटको सुख प्राप्त गरिन् । फिल्म सफलताको क्रेडिट आफ्नो भागमा नपरे पनि एक दशक लामो फिल्मी करिअरमा पहिलो हिट फिल्म पाउँदा केकी कम दंग छैनन् । अहिले उनी ‘झिँगेदाउ’ नामक फिल्ममा व्यस्त छिन् । यसमा उनी फरक भूमिकामा देखिँदैछिन् ।

बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘दबंग ३’ प्रदर्शनको पखाईमा छ । फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । यसबीच, सलमानले ‘दबंग ४’ लाई लिएर ठूलो बयान दिएका छन् । उनले आफू ‘दबंग’ को चौथो श्रृंखलाका लागि पनि तयार रहेको बताएका छन् । प्रभु देवा निर्देशित फिल्म ‘दबंग ३’ रिलिजपछि चौथो श्रृंखलाको तयारीमा जुट्ने उनको भनाई छ ।

के कुनै पनि फिल्म निर्देशक बिना निर्माण हुन सम्भव छ ? आमा बिना सन्तान कल्पना गर्न सकिन्न भनेझैँ निर्देशक बिना फिल्म बन्न पनि सम्भव छैन । फिल्म मूलतः निर्देशकको अभिव्यक्ति हो । निर्देशकको सोच, सीप, सिर्जनशीलता, विषयवस्तुमाथिको पडक र उसको विश्वदृष्टिकोणले नै फिल्मलाई राम्रो वा नराम्रो बनाउँछ । यसकारण नै निर्देशकलाई फिल्मको क्याप्टेन भन्ने गरिन्छ ।

शनिवार भएको अधिवेशनबाट चलचित्र निर्देशक समाज रक्षा सिंह राणाको नेतृत्वमा आएको छ । निकटतम प्रतिद्वन्दी सुचित्रा श्रेष्ठलाई एक मतले उछिन्दै राणा अध्यक्षमा विजयी बनेकी हुन् । चलचित्र विकास वोर्डको हलमा भएको निर्वाचनमा सहभागी हुनुपर्ने जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो ।

कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।

