Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लकडाउनमै बन्यो शर्ट फिल्म ‘राहत’

फिल्मीखबर, पोखरा, 2020/04/30
लकडाउनकै समयमा बनाईएको शर्ट फिल्म ‘राहत’ सार्वजनिक भएको छ । पोखराका चलचित्रकर्मीहरुको सक्रियतामा बनेको उक्त फिल्ममा संचारकर्मी समेत रहेका रेम रसाईली, बिभु भुषाल र अनिसा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
 
यस अघि ‘नाईके’ निर्देशन गरेका नेत्र गुरुङको निर्देशनमा बनेको ‘राहत’मा सरकारले गरेको लकडाउनबाट पीडित मजदुरको कथा समेटिएको छ । राज्यले असी करोडको राहत बाँडिएको बताईरहँदा वास्तविक पीडितले भने राहत नपाएको तर जनप्रतिनिधिका आसेपासेहरुले राहतमा रजाईँ गरेको आभास दिने गरी उक्त फिल्म बनाईएको छ ।
 
‘कोरोना संक्रमणको विश्वव्यापी असरलाई कम गर्न नेपाल सरकारले लकडाउन गर्दा मजदुर तथा विपन्न वर्गका समस्या र उनीहरुका लागि भनेर छुट्टाईएको राहत सहि ठाउँमा नपुगेको खबर सुन्दा नरमाईलो लाग्छ’ निर्देशक गुरुङले भने, ‘यही कुरालाई हामीले सिम्बोलिक रुपमा यो फिल्ममार्फत भन्न खोजेका हौँ’ ।
 
यो फिल्मलाई यूट्युब मार्फत हेर्न सकिन्छ ।

Most Visited News (monthly)