मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलीउड एक्टर ऋषि कपूरको निधन

एजेन्सी, मुम्बई, 2020/04/30
बलीउड एक्टर ऋषि कपूरको निधन भएको छ । भारतिय मीडियाका अनुसार उनि मुंबईको गिरगाउँ स्थित सर एचएन रिलायन्स फाउंडेशन अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतालमा उनको ६७ बर्षको उमेरमा बिहिवार बिहान ५:२० बजे निधन भएको हो ।
 
उनि न्यु योर्कमा लगभग एक वर्ष लामो क्यान्सर उपचार पछि सेप्टेम्बर २०१९ मा भारत फर्केका थिए । उनलाई २०१८ मा क्यान्सर पत्ता लागेको थियो र उनले एक बर्षसम्म उपचार गराएर निको भएका थिए । उनको स्वास्थ्य बुधवार साँझ अचानक बिग्रिएको र उनलाई सास फेर्न गाह्रो भएपछि अस्पाल भर्ना गरिएको थियो ।
 
 
गत बिहिवारदेखी उनको स्वास्थ्यमा खराबी आएको थियो । सोही दिन उनलाई अस्पताल लगिएको थियो तर चार घण्टा पछि डिस्चार्ज गरिएको थियो । अस्पताल जानको लागी महाराष्ट्र सरकारले उनलाई बिशेष पासको व्यबस्था गरेको थियो । उनको मेडिकल रिपोर्ट बीएमसी तथा हेल्थ डिपार्टमेन्टमा पठाइएको थियो ।
 
ऋषि एक महिना अघिदेखी शोसल मीडियामा सक्रिय थिएनन् । २ अप्रिल पछि उनले ट्विटर अकाउण्टमा केहि पनि पोस्ट गरेका छैनन् । उनले दीपिका पादुकोणको साथमा हलीउड फिल्म ‘द इन्टर्न’ रीमेकमा काम गर्ने घोषणा गरेका थिए ।
 
बुधवार मात्रै क्यान्सरकै कारण अर्का बलीउड एक्टर इरफान खानको निधन भएको थियो ।