
फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत भदौ २७ मै प्रदर्शनका लागि तयार रहेको यो फिल्म पोस्ट प्रोडक्सनमा ढिलाइ भएपछि रिलिज डेट पोस्टपोन्ड भएको थियो । अब, फागुन ३० गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउने भएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा फिल्म आधारित रहेको बताइएको छ ।

प्रेमकथामा आधारित भएर फिल्म ‘शुभ मंगल’ निर्माण हुने भएको छ । अष्ट्रेलिया निवासी मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मालगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्ममा कुशल र सुरवीनाको जोडी बाँधिएको छ । सुरवीनाले लामो समयपछि नेपाली फिल्ममा काम गर्न लागेकी हुन् ।

नेपाली फिल्मका कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटर ह्यान्डलमार्फत् दुई कलाकारप्रति समवेदना व्यक्त गरेका हुन् । उनले कलाकारद्वयको कला सधैं स्मृतिमा रहने बताएका छन् ।


चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आईतबार राती करिब १०:३० बजे काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उनको निधन भईसकेको अस्पताल श्रोतले बताएको छ ।

आउँदो फागुन २ गते अभिनेत्री वर्षा राउत बैबाहिक जीवनमा बाँधिएको एक वर्ष पूरा हुँदैछ । अभिनेता संजोग कोइरालासँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । विवाहपछि प्रायः अभिनेत्रीहरु काँचको पर्दाबाट टाढा हुन्छन् । वर्षा भने अहिले पनि फिल्ममै सक्रिय छिन् । विवाहपछि उनी अभिनीत दुई फिल्म ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ रिलिज भए ।

