Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8521 - 8526 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-13, सोमवार

सुपरहिट तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बन्ने भएको छ । यो फिल्मको नेपाली भर्सनको निर्माण अनुमति युवा फिल्म्सले लिएको छ । ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । यो फिल्मको हिन्दी रिमेक समेत निर्माण भैसकेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-13, सोमवार

२०६१ सालमा फिल्म ‘माया नमार’ बाट डेब्यू गरेका अभिनेता रमित ढुंगानाले झन्डै एक दशक नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरे । उनको प्रवेश हुँदा नेपाली फिल्ममा निखिल उप्रेती, विराज भट्ट, राजेश हमालको बोलबाला थियो । यसबीच पनि उनले आफूलाई बलशाली अभिनेताको रुपमा प्रमाणित गरे । एक समय उनलाई फिल्ममा लिन निर्माताहरुबीच हानाथाप हुन्थ्यो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-13, सोमवार

फिल्मको व्यापारमा गीतको पनि ठूलो योगदान रहने गर्दछ । रिलिजपूर्व गीतले लोकप्रियता हासिल गर्न सफल भएको खण्डमा त्यसको प्रभाव बक्सअफिसमा पनि पर्छ । गीतका कारण फिल्मको इनिसियल व्यापार राम्रो भएका धेरै उदाहरण छन् । ‘नाईं नभन्नु ल’, ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’ लगायतका फिल्मको सिरिजको सुरुवाती व्यापारमा गीतको ठूलो योगदान रहेको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-13, सोमवार

सन् २००२ मा प्रदर्शनमा आएको मदन घिमिरे निर्देशित फिल्म ‘माया नमार’ बाट अभिनय करिअर सुरुवात गरेका अभिनेता रमित ढुंगानाले यही फिल्मको सिक्वेलबाट आफ्नो छोरालाई अभिनेतामा लञ्च गर्ने भएका छन् । आइतवार आफ्नो जन्मदिन मनाउने क्रममा उनले यो कुराको खुलासा गरेका हुन् । तर, फिल्मको निर्माण हुन भने अझै ४ देखि ५ वर्ष लाग्ने उनले बताएका छन् । 

एजेन्सी, मुम्बई, 2020-01-12, आईतवार

शुक्रवारबाट दुई फिल्म अजय देवगनको ‘तानाजी’ र दीपिका पादुकोणको ‘छपाक’ रिलिज भएको छ । दुवै फिल्मलाई लिएर दर्शकमा निकै धेरै उत्सुकता थियो र फिल्मको कलेक्सनबाट पनि यो देखिन्छ । पहिलो दुई दिनमा दुवै फिल्मले राम्रो ओपनिङ हासिल गरेको छ । तर, स्क्रिन संख्याका कारण अजय देवगनको फिल्मले ‘छपाक’ भन्दा तीन गुना बढी कमाई गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-12, आईतवार

२०१३ सालमा स्थापना भएको नेपाली फिल्म क्षेत्रको सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको हल संचालक तथा वितरकहरुको साझा संस्था चलचित्र संघको ४६औं साधारण सभाबाट अध्यक्ष पदमा मधुसुदन प्रधान सर्वसम्मत चयन भएका छन् । उनी प्रदीप उदय नृतृत्वको अघिल्लो कार्यसमितिमा द्वितिय उपाध्यक्षको रुपमा रहेका थिए ।

Results : 8521 - 8526 of 23765
Most Visited News (monthly)