
दर्शकको मनमस्तिष्कमा बस्न सफल ‘पशुपति प्रसाद’ जस्तो यादगार फिल्म पस्किएर आफूलाई अरु निर्देशकभन्दा भिन्न रुपमा उभ्याएका दीपेन्द्र के. खनाल पुनः मनछुने फिल्म लिएर आएका छन् । उनी निर्देशित नयाँ फिल्म ‘आमा’ आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्मको ट्रेलर अहिले निकै चर्चामा छ । ट्रेलरलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ ।

जाडो महिनामा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताहरु हत्तपत्त अगाडि सर्दैनन् । चिसो मौसममा दर्शक फिल्म हेर्न हलसम्म नपुग्ने उनीहरुको सोचाइ छ । त्यसैले पुष र माघ महिनामा निकै कम फिल्म रिलिज हुने गरेका छन् । यस वर्ष पनि जाडोको डरले पुष महिनाभरी नेपाली फिल्म नै प्रदर्शन भएनन् । सलमान खानको फिल्म ‘दबंग ३’ पछि नेपाली हल नेपाली फिल्मविहीन भए ।

नेपाली फिल्मका सर्वाधिक सफल अभिनेतामा गनिन्छन्, विराज भट्ट । एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनको एक समय नेपाली फिल्ममा ठूलो रजगज थियो । उनको एक्सन हेर्नकै लागि हलमा दर्शकको अपत्यारिलो भीड लाग्थ्यो । तर, नेपाली फिल्ममा चम्किरहँदा उनी अचानक भोजपुरी फिल्मतिर हानिए । उनको यो निर्णयले फिल्मकर्मी मात्र होइन दर्शक समेत अचम्मित परे ।

सुपरहिट बलिउड फिल्म ‘गंगाजल’ का निर्देशक प्रकाश झा नेपाल आउने भएका छन् । नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुँदै आइरहेको ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’ को तेस्रो संस्करणमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । आउँदो फागुन १ देखि ५ गतेसम्म हुने फेस्टिभलको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो ।

एक समय लभस्टोरी फिल्ममा निकै खोजिने अभिनेता थिए, रमेश उप्रेती । राजेश हमाल र भुवन केसीको बलियो उपस्थिति रहँदा नेपाली फिल्ममा प्रवेश गरेका उनले छोटो समयमै आफूलाई बलशाली अभिनेताको रुपमा प्रमाणित गरे । फिल्म ‘रगत’ बाट भिलेनको रुपमा डेब्यू गरेका उनले ‘करोडपति’, ‘पराई घर’, ‘घर संसार’, ‘धर्मसंकट’ लगायत थुप्रै यादगार फिल्म दिएका छन् ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी प्रेम सम्बन्धमा रहेको कुरा अब नौलो रहेन । २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले दुईपटक इन्गेजमेन्ट समेत गरिसकेका छन् । तर, विवाहको मिति भने अहिलेसम्म्म टुंगो लागेको छैन । उनीहरु यस वर्षको असारमा विवाह गर्ने सुरसारमा थिए । तर, दुवैतर्फका परिवारको समय नमिलेपछि विवाह हुन सकेन ।

