Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकारहरु लम्साल, शर्मा, न्यौपाने र मोक्तानका लेखलाई पुरस्कार

फिल्मीखबर, काठमाडौं, 2020/07/03
चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको लेख प्रतियोगितामा पत्रकार ध्रुव लम्सालको लेख उत्कृष्ट बनेको छ । संघले कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरेको थियो ।
 
प्राप्त भएका मध्ये छनौट समितिले १३ वटा लेख शर्ट लिष्टमा राखी छनौट प्रक्रिया सुरु गरेको थियो । छनौट समितिले मूल्याङ्कनको आधारमा चार वटा लेखलाई उत्कृष्ट ठहर गरेको हो । जसमा लम्सालको लेख पहिलो, बिष्णु शर्माको लेख दोश्रो, मनोज न्यौपानेको लेख तेश्रो र रिना मोक्तानको लेख चौथो बनेका छन् । उत्कृष्ट क्रमश: पन्ध्र हजार, दश हजार र पाँच–पाँच हजार प्राप्त गर्नेछन् ।
 
 
नेपाली चलचित्र क्षेत्रको वर्तमान वस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको यस्तो अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको ठहर रहेको जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । छनौट गरिएका लेख संचार माध्यमा प्रकाशन गरिने व्यवस्था संघले मिलाउने बताईएको छ  ।
 
छनौट समितिमा पत्रकारहरु विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जिवन पराजुली र समीर बलामी रहेका थिए ।
Most Visited News (monthly)