Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको बिवाह

फिल्मीखबर, काठमाडौं, 2020/07/03
चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना भाईरसको महामारीका बीच शुक्रवार राजधानीको एक मन्दिरमा यो जोडीको बिवाह भएको हो ।
 
 
सरकारले बनाएको नियम पालना गर्दै भएको उनिहरुको बिवाहमा सिमित साथीभाई र आफन्तको उपस्थिती रहेको थियो । बैशाखको लागि तय भएको बिवाह लकडाउनका कारण सरेको थियो । अहिले लकडाउन चलिरहेको भएता पनि केहि खुकुलो भएको छ । अब मंसिरसम्म लगन नभएको कारण अर्जुन-दुर्गाले आजै बिवाह गरेका हुन् ।
 
अर्जुन-दुर्गाले अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । अर्जुनको संगीतमा दुर्गाले थुप्रै गीत गाएकी छन् ।
Most Visited News (monthly)