
बलिउड अभिनेत्री तनुश्री दत्ताले चर्चित अभिनेता नाना पाटेकरको विरुद्धमा गरिएको सेक्सुअल ह्यारेसमेन्टको मुद्धामा १७ जनवरीबाट अदालतमा सुनवाई सुरु हुँदैछ । यसका लागि तनुश्री अमेरिकाबाट मुम्बई फर्किसकेकी छन् । मुम्बई ओर्लिएसँगै उनले नानालाई शान्तिसँग बाँच्न र मर्न नदिने बताएकी छन् । एकपछि अर्को केस खुलाउँदै जाने उनी बताउँछिन् ।

अभिनेत्री केकी अधिकारी नेपाली फिल्ममा प्रवेश गरेको एक दशक भैसकेको छ । यो बीचमा उनले दुई दर्जन फिल्म र सयको आसपासमा म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिएकी उनले एक दशक लामो फिल्मी करिअरमा पहिलो पटक हिट फिल्मको सुख प्राप्त गरिन् । ‘छ माया छपक्कै’ उनको करिअरको पहिलो हिट फिल्म हो ।

एक समय आफ्नो एक्सनबाट ठूलो फ्यान फलोइङ बनाएका अभिनेता विराज भट्ट अचानक भोजपुरी फिल्मतिर हानिएपछि नेपालमा एक्सन फिल्म बन्न नै कमी भयो । अहिले नेपाली फिल्म लभस्टोरी र कमेडीको ह्याङबाट ग्रसित छ । आजभोली एक्सन फिल्म निर्माण गर्न निर्माताहरु जोखिम उठाउन चाहेको देखिँदैन । त्यसैले पनि दर्शकहरु एक्सन फिल्म हेर्न लालायित छन् ।

अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा ‘मेरो डान्स कप’ को चौथो संस्करण र ‘मेरो भ्वाइस कप’ को दोश्रो संस्करणको उद्घाटन कार्यक्रममा नेपाली फिल्मका चर्चित कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् । दीलिप रायमाझीको जोडी बनेर केकी अधिकारीले डान्स गरेकी थिइन् भने फिल्म ‘आगो’ जोडी सुशील क्षेत्री र सारंगा श्रेष्ठले ‘माया बस्यो मुटुमा’ गीतमा आफ्नो प्रस्तुती दिएका थिए ।

अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ ले बक्सअफिसमा १ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । फिल्मको कमाईबाट सलमान निकै खुसी छन् । उनको दिल कति ठूलो छ भन्ने कुरा सबै जान्दछन् । कमाईको अधिकांंश रकम सामाजिक कार्यमा खर्चिने उनले ‘दबंग ३’ का भिलेन तथा साउथ सुपरस्टार किच्चा सुदीपलाई उपहार दिएर धन्यवाद व्यक्त गरेका छन् ।

अभिनेता विपिन कार्की अभिनीत फिल्मको दर्शकमा निकै प्रतिक्षा रहने गर्दछ । हरेक फिल्ममा चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने उनका फिल्ममा निकै गहन विषय पनि उठाइएका हुन्छन् । पछिल्लो पटक फिल्म ‘जात्रै जात्रा’ मा देखिएका उनले यस वर्ष फिल्म ‘प्रसाद’ बाट उत्कृष्ट अभिनेताको अवार्ड चुमिरहेका छन् । यस वर्षका लागि उनी दोस्रो फिल्म ‘सेल्फी किङ’ लिएर आउँदैछन् ।

