
एउटा कलाकारका लागि फिल्मको सफलता निकै महत्त्वपूर्ण रहन्छ । फिल्म सफल भएको खण्डमा करिअरलाई माथि उठाउन ठूलो मद्दत गर्छ । असफलताले करिअर संकटमा पर्छ । निरन्तर असफलताको श्रृंखलाबाट गुज्रिरहेकी अभिनेत्री मिरुना मगरले भन्दा धेरै यो कुरा अरु कसले बुझेको होला र ! डेब्यू फिल्मदेखि उनले अहिलेसम्म सफलताको सुख प्राप्त गर्न सकेकी छैनन् ।

एक समयका डिमान्डेड अभिनेता रमित ढुंगाना गएको झण्डै ४ वर्षदेखि सेतो पर्दामा देखिएका छैनन् । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘बुद्ध वर्न इन नेपाल’ हो । केही समय उनी यो फिल्मको च्यारिटीका लागि देश तथा विदेश दौडिए । यस वर्ष उनले ‘राजा साहेब’ नामक फिल्म साइन गरेका थिए । यसका लागि १८ लाख पारिश्रमिक लिएको खबरले उनको निकै चर्चा भयो ।

अभिनेतामा अहिलेका हटकेक अनमोल केसीसँग फिल्ममा रोमान्स गरेपछि भाग्य चम्किन्छ भन्ने एक उदाहरणकी पात्र हुन्, उपासना सिंह ठकुरी । गत वर्षको फागुनमा प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ बाट अभिनय करिअर सुरुवात गरेकी उनको यो फिल्ममा अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । यद्यपि, फिल्मले बक्सअफिसमा सफलता पाउन भने चुक्यो ।

ओम राउत निर्देशित फिल्म ‘तानाजी : द अनसंग वारियर’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । फिल्ममा अजय देवगनसँगै सैफ अली खान पनि प्रमुख भूमिकामा छन् । फिल्ममा उनी एक विलेनको भूमिकामा छन् । उनको क्यारेक्टरको नाम उदयभान राठोड हो । लामो समयपछि भिलेनको भूमिकामा फर्किएका अभिनेता सैफको क्यारेक्टर दर्शकले निकै रुचाएका छन् ।

पर्दामा अभिनेत्री पूजा शर्माको जोडी अभिनेता द्वय पल शाह र आकाश श्रेष्ठसँग निकै रुचाइएको छ । पलभन्दा पनि आकाशसँग उनको जोडी धेरै रुचाएको पाइन्छ । त्यसैले पनि उनीहरु अहिले भकाभक फिल्म गरिरहेका छन् । दर्शकको चर्को मागका कारण यी दुईलाई लिएर फिल्म बनाउन चाहने निर्माताहरु धेरै छन् । हालै उनीहरुले फिल्म ‘सम्झना विर्सना’ को छायांकन सकाए ।

अर्को वर्षको बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ को एक्सन प्याक्ड टिजर सार्वजनिक भएको छ । शुक्रवार दिउँसो सार्वजनिक भएको टिजरमा तीन सय मिलियन डलर हत्याउन पात्रहरुले गर्ने चलखेल देखाइएको छ । टिजरमा फिल्मको मेकिङ क्वालिटी निकै उच्च देखिन्छ । पुरुषोत्तम प्रधानको छायांकन उस्तै सानदार छ ।

