Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8515 - 8520 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-15, बुधवार

अभिनेत्री रेखा थापाले नयाँ फिल्ममा अभिनेता द्वय सौगात मल्ल र दयाहाङ राईलाई अनुबन्ध गरेकी छन् । माघे संक्रान्तिको शुभकामना दिँदै उनले यो कुराको खुलासा गरेकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । बैशाखबाट फ्लोरमा जाने फिल्मको नाम भने तय नभएको रेखाले बताइन् । फिल्ममा उनको पनि अभिनय रहनेछ । 

एजेन्सी, मुम्बई, 2020-01-14, मंगलवार

अभिनेता रजनीकान्तको फिल्म ‘दरबार’ ले दुनियाँभरमा धूम मच्चाएको छ । फिल्मले प्रदर्शनको चार दिनमा विश्वभर १ सय ५० करोड छापेको छ । लायका प्रोडक्शन्सले आफ्नो ट्विटर एकाउन्टमा एक पोस्टर साझेदार गर्दै फिल्मको कमाई खुलाएको हो । ९ जनवरीमा प्रदर्शनमा आएको फिल्म तीन भाषामा रिलिज गरिएको छ । फिल्मले तमिल र तेलुगूमा सानदार कमाई गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-14, मंगलवार

‘चपली हाइट २’ बाट डेब्यू गर्दैगर्दा अभिनेता आयुष्मान देशराज जोशीको निकै चर्चा भएको थियो । कतिपयले अहिलेका चल्तीका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी थ्रेट हुनसक्ने निष्कर्ष पनि निकालेका थिए । तर, डेब्यू फिल्म नचल्नु र त्यसपछि फिल्म छनोटमा गम्भीर नहुँदा उनको छोटो समयमै करिअर धरमरायो । अझै उनको करिअर सम्हालिन सकेको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-14, मंगलवार

नेपाली फिल्मको विषयमा कलम चलाउने पत्रकारहरुको छाता संस्था ‘चलचित्र पत्रकार संघ नेपाल’ को दाङ शाखाको चौथो अधिवेशनबाट शिव पुन अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । तीन वर्षका लागि अध्यक्षमा चुनिएका पुन यसअघि चलचित्र पत्रकार संघको दाङ शाखाको कोषाध्यक्ष पदमा थिए । यस्तै, संघको उपाध्यक्षमा सन्तोष केसी निर्विरोध चयन भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-14, मंगलवार

आफ्ना विचारलाई निर्भिकतासाथ स्पष्ट र शशक्त रुपमा राख्ने अभिनेत्री रेखा थापाले पहिरन हेरेर नेपाली समाजले चरित्र मुल्यांकन गर्ने गरेको बताएकी छन् । पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ को विमोचन कार्यक्रममा बोल्दै उनले पहिरन हेरेर कसैको चरित्रको मुल्यांकन गर्नु गलत रहेको बताइन् । परिहनको आधारमा चरित्र मापन गर्नु नहुने उनको तर्क छ । 

एजेन्सी, मुम्बई, 2020-01-13, सोमवार

साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आइसकेको छ । यो फिल्म दर्शकलाई निकै मन परेको छ । साथै, फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । यो फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको भारतीय मिडियाले बताएका छन् । फिल्मले घरेलू बजारसँगै अमेरिकालगायतका देशमा पनि ठूलो कमाई गरेको छ । 

Results : 8515 - 8520 of 23765
Most Visited News (monthly)