Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनर्गल र झुटा कुरा नबोल्न भुवनको साम्राज्ञीलाई चेतावनी

फिल्मीखबर, काठमाण्डौ, 2020/07/02
केही दिनयता अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ । साम्राज्ञीले गएको शुक्रवार इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिहरुले नराम्रो व्यवहार गरेको बताएकी थिइन् । उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै निर्माता तथा अभिनेता भुवन केसीले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै जवाफ फकाइसकेका छन् । 
 
 
उनको जवाफको प्रतिउत्तरमा साम्राज्ञीले जापानमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै अर्को भिडियो सार्वजनिक गरिन् । यसपछि सतहमा आएको भुवन केसी र साम्राज्ञी आरएल शाहको विवादले अब नयाँ मोड लिएको छ । अभिनेता केसीले चलचित्र कलाकार संघमा सत्यतथ्य छानविनको माग गर्दै निवेदन पेश गरेका छन् । उनले बिहीवार संघको कार्यालय पुगेर निवेदन दिएका हुन् ।
 
उनले संघमा दिएको निवेदनमा लेखिएको छ, ‘म विगत ४ दशकदेखि अभिनय र निर्माणको काममा नियमित छु । यसबीचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ । साम्राज्ञीलाई पनि मैले चलचित्रको मुख्य भूमिकामा काम गराएको छु । आजभन्दा ५/६ वर्ष अगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिबेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’ 
 
 
भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखेर यूट्युबलगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रहत्या गर्ने दुस्साहस भएकोमा उनले संघसँग निष्पक्ष छानविनको माग गरेका छन् । अभिनेता केसीले संघमा निवेदन दिनुभन्दा अगाडि फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई ब्रेक दिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल र झुटा कुरा नबोल्न साम्राज्ञीलाई चेतावनी दिएका छन् । 
 
फिल्म ‘ड्रिम्स’ को सुटिङको क्रममा पानी खान पाइन, छाता ओड्न पाइन, सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर आफूसहित अरु निर्मातालाई गाली गलौच गरेको देख्दा आफूलाई आश्चर्य लागेको उनले बताएका छन् । उनले पितातुल्य व्यक्तिको अनर्गल तथा झुटा कुराहरु उल्लेख गरेर इन्स्टामा भिडियो बनाएकोमा आफ्नो ध्यानआकर्षण भएको पनि उल्लेख गरेका छन् । 
 
 
अभिनेता भुवन केसीले आफ्नो मान प्रतिष्ठामा आघात पुग्ने गरि पुनः सामाजिक सञ्जालमा लगाएर भिडियो पोस्ट गरे प्रचलित साइबर कानुन र मानहानी सम्बन्धि कानुनको प्रयोग गरि आफूलाई पुग्न भएको मानसम्मानको हानी नोक्सानी उपर यथोचित क्षतिपूर्ति गराउने र कानुन बमोजिमको सजायको भागेदारी गराउन कानुनी प्रक्रियाको थालनी गर्ने चेतावनी पनि दिएका छन् । 
Most Visited News (monthly)