Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञी भन्छिन्, ‘त्यसपछि फिल्म नगर्ने सोचमा पुगेँ’

फिल्मीखबर, काठमाण्डौ, 2020/07/02
१७ वर्षको कलिलो उमेरमा फिल्म ‘ड्रिम्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहले छोटो समयमा जुन ‘नेम’ र ‘फ्रेम’ कमाइन् त्यो साँच्चै लोभलाग्दो छ । न फिल्म इन्डस्ट्रीमा कोही ‘गडफादर’ न परिवार फिल्म पृष्ठभूमिको । आफ्नै मेहेनतले यो स्थान हासिल गरेकी उनी मनभित्र पीडाको बोझ लिएर हिँडिरहेकी छिन् भन्ने कसले आँकलन गरेको थियो होला र !
 
 
गएको शुक्रवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै उनले ५ वर्षको अवधिमा काम गरेका ८ फिल्ममध्ये तीन ब्यानरका व्यक्तिहरुबाट आफूले सहनु परेको नराम्रा व्यवहार सार्वजनिक गरिन् । उनले आफ्नो भनाई राख्ने क्रममा कसैको नाम उच्चारण गरेकी छैनन् । तर, उनले इंकित गरेका व्यक्ति को हुन् भन्ने फिल्मकर्मीदेखि दर्शकसम्मले ठम्याइसकेका छन् ।
 
उनले इंकित गरेका व्यक्तिमध्ये एक अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा स्टाटस लेखेर साम्राज्ञीप्रति कटाक्ष गर्दै ‘जुन थालमा खायो त्यही थालमा प्वाल पार्‍यो’ भन्दै ‘ड्रिम्स’ को नाम भजाएर खाइरहेको आरोप लगाए । उनको जवाफको प्रतिउत्तरमा साम्राज्ञीले इन्स्टामा दोस्रो भिडियो शेयर गर्दै जापानमा भएको फिल्म अवार्डमा आफूमाथि गरेको दुर्व्यवहारको पर्दाफास गरिन् । 
 
बिहीवार उनले इन्स्टामा अर्को भिडियो साझेदार गर्दै भविष्यमा यस्ता व्यवहार भए के गर्ने भनेर चाँडै कानुनी परामर्श लिन लागेको बताएकी छन् । ‘आशा गर्छु भविष्यमा यस्ता कुराहरु नहुन् । यदी यस्ता कुराहरु भयो भने अब म कानुनी बाटो रोज्छु । चाँडै म यो विषयमा कानुनी सल्लाह पनि लिने सोचमा छु । म अरुलाई पनि अन्याय सहेर नबस्न सल्लाह दिन्छु’, उनले भनेकी छन् । 
 
आफूमाथि भएको दुर्व्यवहारको बारेमा पहिला नै बोल्न खोज्दा धेरैले आफूलाई रोकेको उनको भनाई छ । केही वर्ष अगाडि एक अन्तर्वार्तामा आफ्नो स्ट्रगलको बारेमा बोल्दा तिनै कुरालाई घुमाएर आफूलाई नराम्रो बनाइएको दुखेसो पोख्दै उनले भनेकी छन्, ‘सही कुरा बोल्दा यहाँ पावर र पोलिटिक्सले आफैंलाई नराम्रो बनाइदो रहेछ । यसपछि ममीले मलाई यो कुरा ननिकाल्न आग्रह गर्नुभयो ।’
 
परिवारका लागि चुप बसे पनि आफूलाई यस्ता कुराहरु लुकाएर बस्न मन नलाग्ने उनको भनाई छ । लगातार काम गरेका तीन फिल्मपछि फिल्म क्षेत्रका व्यक्ति देखावटी रुपमा मात्र राम्रा तर भित्री रुपमा एकै प्रकारका हुने रहेछन् भन्ने उनलाई महशुस भएको रहेछ । तीन फिल्मका व्यक्तिहरुले गरेको नराम्रो व्यवहारपछि आफू फिल्म नगर्ने सोचमा समेत पुगेको उनी सम्झन्छिन् । 
 
‘मेरो मामुले यत्रो दुःख गरेर नाम कमाइस् । आफ्नो खुट्टामा उभिसकेको छस् । यति ठूलो निर्णय लिइसकेपछि किन तल झर्छस् भनेर सम्झाएपछि मैले पुनः फिल्म गर्न थालेको हुँ,’ साम्राज्ञीले अगाडि भनेकी छन्, ‘त्यसपछि मैले साँचिक्कैको राम्रो मान्छेहरुसँग काम गर्न पाएँ । त्यसपछि मलाई लाग्यो कि फिल्म क्षेत्रमा राम्रा मान्छेहरु र राम्रा फिल्म बनाउने मेकरहरु पनि हुँदा रहेछन् ।’ 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

अभिनेत्री साम्राज्ञी आरएल शाहले राम्रा निर्माता/निर्देशकहरुसँग फिल्ममा काम गर्दा पनि विगतमा भोगेको नराम्रा व्यवहार आफूले कहिल्यै विर्सन नसकेको र केही दिनयता ती कुराहरु सार्वजनिक गरेपछि निकै हल्का महशुस गरिरहेको बताएकी छन् । नेपाली फिल्म क्षेत्रमा अरुको फिल्म चलेको देख्न नसक्ने, फिल्म हिट भयो भने डाहा गर्ने प्रवृति पनि व्याप्त रहेको उनको अनुभव छ । 
Most Visited News (monthly)