नेपाली फिल्म 'चिनी कम रंग कडा' अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ । यो फिल्म हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्नेगरी रिलीज गरिएको छ । नेपालमा भने केहि समयपछि प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ । यसअघि यो फिल्मका गीत र टिजर सार्वजनिक भइसकेका छन् ।

मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय रहेको यो फिल्मलाई विवेक घिमिरे निर्देशिन गरेका हुन् भने गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको छ । मानव सुवेदीको संगीत छ भने सुशील सुबेदीको शब्द रहेको छ । त्यस्तै याचोपो रचलिक र लुका मौचेरीको छायांकन , कृष्ण भण्डारीको सम्पादन रहेको छ ।
अमेजन प्राइम भिडियोले संसारभरका फिल्महरु डिजिटल रिलीज गर्ने गर्छ । नेपालमा भने केहि फिल्महरु मात्र यो प्लाटफर्ममा रिलीज भएका छन् ।

